उपत्यकामा दिनभर बदली र वर्षा हुने, भोलिबाट वर्षा कम हुनेछ | Jana Aawaj News

उपत्यकामा दिनभर बदली र वर्षा हुने, भोलिबाट वर्षा कम हुनेछ

पढ्न लाग्ने समयः < 1 मिनेट
उपत्यकामा दिनभर बदली र वर्षा हुने, भोलिबाट वर्षा कम हुनेछ : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं भदौ, ३० गते । काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ । बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
“काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको थियो भने आज बिहानैबाट सुरु भएको वर्षा दिउँसो र राति पनि हुने भएको छ ।
दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको बताइएको छ । “दिनभरी नै वर्षा हुने होइन । केही समयमा रहने र पुनः वर्षा हुनेछ । भारी वर्षाको सम्भावन भने नरहेको बताइएको छ ।भोलिबाट वर्षा केही कम हुने मौसमविद् जानकारी दिएका छ्न   ।
गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षामापन भएको थियो । काठमाडौंमा मध्यम वर्षा भएको थियो ।

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास र अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न