ईप्सन नृत्यमा यूनिटी प्रथम | Jana Aawaj News

ईप्सन नृत्यमा यूनिटी प्रथम

पढ्न लाग्ने समयः < 1 मिनेट
ईप्सन नृत्यमा यूनिटी प्रथम : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर,कार्तिक २० गते । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिताको दुवै विधातर्फ सूर्यविनायक-५ मा रहेको यूनिटी स्कुल प्रथम भएको छ ।

इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल(ईप्सन)को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम सम्पन्न भएको प्रतियोगितामा सामूहिक लोक नृत्य प्रतियोगितामा युनिटी स्कूलले प्रथम स्थान, इडेन गार्डेन स्कूलले द्धितीय स्थान, सूर्योदय स्कूलले तृतीय र ग्लोबल एकेडेमीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

त्यसैगरी एकल नृत्य प्रतियोगितातर्फ युनिटी ईङ्ग्लिस स्कूलकी दिपशिखा खड्‌काले प्रथम, क्वालिटी इङ्ग्लिस स्कूलका मनिरा तामाङले दोश्रो, ईडेन गार्डेन स्कूलकी कृष्टिना श्रेष्ठले तेश्रो र पारिजात विद्याकुन्जकी ज्योती खड्‌काले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रमका सभापति एवं आयोजक विद्यालय बिमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले प्रतियोगिता आयोजना गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै सफलताको श्रेय निर्णायक, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई दिनुभयो। कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शिवराम राउतले बधाई ज्ञापन गर्नुहुदै यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली लोक तथा संस्कृतिको जगेर्णा गर्ने कुरा समेत व्यक्त गर्नुभयो । ईप्सन अध्यक्ष एवं क्वालिटी इङ्ग्लिस स्कुलका प्रिन्सिपल जी.वी खड्‌काले कार्यक्रम आयोजनाका लागि आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न