
जन आवाज न्युज/भक्तपुर,कार्तिक २१ । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम २०८२ बिहिबार सम्पन्न भएको छ ।
यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा।रमेश प्रसाद अवस्थीले गर्नु भएको थियो । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि गरिएको प्रशिक्षण कार्यक्रममा गणित विषयलाई कठिन रुपमा नलिई कसरी सहज र सरल बनाई सिक्न र सिकाउन सकिन्छ भनेर अन्तर्क्रिया गरिएको थियो ।
विद्यार्थीहरुले गणित विषयलाई बोझ र कठिन रुपमा बुझ्ने गरेकाले परीक्षाको समयमा गणित विषयलाई डरको रुपमा नभई सहज बनाउन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले दिनु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रसाद खाताखोले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य पुष्टि गर्नुभएको थियो ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नु पर्ने बताउदै अभिमुखीकरण कार्यक्रममा डा।रमेश प्रसाद अवस्थीले दिनु भएको उपायहरुलाई अपनाई अध्ययन गर्न प्रेरित गर्नु भएको थियो । गणित विषयलाई पनि दैनिक अभ्यास र क्रियाकलापको माध्यमबाट सिकाई गरेमा सहज हुने बताउँदै नेसनल प्याव्सन भक्तपुरले अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको पनि कक्षा १० का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news







Total views : 297976




