एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी | Jana Aawaj News

एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी

पार्टी अध्यक्ष ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ ।
एमालेको आयोजनामा बोलाइएको सो भेलामा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला सोमबार बिहान नौ बजेदेखि जारी रहेको छ ।
आज बसिरहेको भेलाले अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल चलिरहेको छ ।
अहिले बसिरहेको भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागीता रहेको छ ।
आजको यस भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमालले जानकारी गराएको छ ।
नेकपा एमाले विभाजन पश्चात स्थानीय तहमा पार्टीको अवस्थाको बारेमा आज सहभागि भएकाहरुको छलफलबाट निश्कर्ष निकाले पश्चात आवश्यक निर्देशन दिइने बताइएको छ ।

 

+ posts