आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली | Jana Aawaj News

आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं ˸ अध्यक्ष ओली : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

ओलीले पार्टीको विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै आफू बाँचेको भएर मानिसहरु आत्तिएको बताउनुभएको छ ।

जनताले मलाई गरेको माया देखेर मान्छेहरु आत्तिएका बताउँदैं तपाईंहरुको मायालाई एक इन्च तलामाथी हुन दिनेछैन् । तपाईँहरू ढुक्क हुनुस् म बहुमत ल्याएर देखाउनेछु ।

उहाँले आफू देवत्वकरणको पक्षमा नरहेको बताउँदैं ‘हामी देवत्वकरणका पक्षमा छैनौ हामी देवता मान्दैनौ तर नेतृत्व भने आवश्यक भएको बताउनुभयो । हामी सबै नेताहरु भएता पनि हाम्रो बिचमा नेतृत्व गर्ने लिडरसिप चाहिने बताउनुभयो ।

+ posts