चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक हात पार्यो | Jana Aawaj News

चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक हात पार्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक हात पार्यो : Jana Aawaj News

काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ ।

उक्त प्रतियोगितामा सिनियर एकल कातातर्फ र ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक हात पार्न सफल भएका छन् ।

त्यस्तै सुमन तिमिल्सिनाले उमेर समूहमा एक स्वर्ण र सिनियर एकल कातातर्फ कास्य पदक हात पारेका छन् ।

जर्मन, अजर्बैजान, पोल्यान्ड, अस्ट्रिया, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका देशहरुले उक्त प्रतियोगितामा सहभागी जनाएका छन् ।

+ posts