एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी | Jana Aawaj News

एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी

पार्टी अध्यक्ष ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेको स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला जारी : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ ।
एमालेको आयोजनामा बोलाइएको सो भेलामा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला सोमबार बिहान नौ बजेदेखि जारी रहेको छ ।
आज बसिरहेको भेलाले अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल चलिरहेको छ ।
अहिले बसिरहेको भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागीता रहेको छ ।
आजको यस भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमालले जानकारी गराएको छ ।
नेकपा एमाले विभाजन पश्चात स्थानीय तहमा पार्टीको अवस्थाको बारेमा आज सहभागि भएकाहरुको छलफलबाट निश्कर्ष निकाले पश्चात आवश्यक निर्देशन दिइने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न