इटलीमा विमान दुर्घटना हुँदा ८को मृत्यु | Jana Aawaj News

इटलीमा विमान दुर्घटना हुँदा ८को मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
इटलीमा विमान दुर्घटना हुँदा ८को मृत्यु : Jana Aawaj News

एजेन्सी । इटलीमा विमान दुर्घटना हुँदा विमानमा रहेको सबै यात्रुको मृत्यु भएको छ । उक्त विमानमा ८ जना रहेको बताइएको छ ।

इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको बीबीसीले जानकारी गराएको छ ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले जानकारी गराएका हुन् । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको बताइएको छ ।

उक्त विमान ठोक्किएपछि भवनमा आगलागी भएको थियो । विमान दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको इटालीका अधिकारीहरुले जानकारी गराएका छन् ।

सोहि विमानमा रहेका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न