
जन आवाज न्युज/भक्तपुर, माघ १८ गते । सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
उक्त समापन समारोह सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासदेव थापाको प्रमुख आतिथ्यतामा भएको राष्ट्रपति रनिङशील प्रतियोगितामा अरुनिको माध्यमिक विद्यालय २५ स्वर्ण १२ रजत र ११ कास्य सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी कुल माया भगवती माविले ८ स्वर्ण ३ रजक र ४ कास्य सहित द्वितीय भएको छ भने, मिड भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण ४ रजत र ४ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रथम हुने विद्यालयले नगद रु. ३० हजार मेडल ट्रफी, द्वितीय हुने विद्यालयले रु. २० हजार मेडल ट्रफी र तृतीय हुने विद्यालयले रु. १० हजार मेडल प्राप्त गरेको छ । यसैगरी स्काउटमा पासतर्फ मनोरम बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्दै रु .८ हजार र ट्रफी, इडेन गार्डेन स्कुल द्वितीय स्थान हासिल गर्दै रु. ५ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ भने, ज्योति माविले तृतीय स्थान हासिल गर्दै रु. ३ हजार नगद सहित ट्रफी प्राप्त गरेको छ ।
वडा नं. ६ बनाचौर खेलमैदानमा तीन दिनसम्म चलेको नगरस्तरीय प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी ६ विधामा भएको प्रतिस्पर्धामा अरनिकोका खेलाडीहरूले सर्वाधिक प्रभावशाली प्रदर्शन गरेका थिए । एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी कुल ६ वटा खेल विधा समावेश गरिएको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।
विजयी विद्यालय तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बासुदेव थापाले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको थियो भने जम्मा ८९६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news




Total views : 317061



