
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री छान्ने विषयमा छलफल हुने बताइएकोे छ ।
आज बस्ने बैठकद्धारा मन्त्रीहरुको नाम टुङ्गो लगाइने बताइएको छ माओवादीबाट मन्त्री बन्न दाबी गर्नेहरुमा महेश्वर गहतराज, देबेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विशंखे, शिवकुमार मण्डल, अमनलाल मोदी, सुरेशकुमार राई र सुदन किराती रहेका छन् ।
मन्त्री बन्ने माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा, ऊर्जा मन्त्रालय तर्फ पम्फा भुसालले सम्हालिसकेकोले अब बाकि भूमि व्यवस्था, शिक्षा, अर्थ, ऊर्जा, खानेपानी मन्त्रालय, गरिबी निवारण र एक राज्यमन्त्री पनि परेको छ ।
आज बस्ने बैठकले सकभर आजै मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295687



