
काठमाडौँ । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चीनले थप १० लाख खोप अनुदानमा दिने जानकारी गराउनुभएको छ ।
चीनले भेरोसेल खोप यसअघि पनि १६ लाख डोज खोप अनुदानमा दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको थप १६ लाख डोज भेरोसेल खोप अक्टोबर महिनाभित्र आउने बताइएको छ ।
यस क्रममा चीनले अनुदानमै थप १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने भएको छ । यस्तै चीनले कोरोना भाइरसको तेस्रो लहरविरुद्ध लड्न आवश्यक पूर्वाधार निर्माणका ५० लाख चिनियाँ युआन करिब ९ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको अनुदान पनि उपलब्ध गराउने भएको बताइएको छ ।
चिनियाँ राजदूत होउ यान्छी र राज्यमन्त्री श्रेष्ठबिच आज मन्त्रालयमा भेटवार्ता भएको छ । यस पटक चीनले सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295715



