मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु | Jana Aawaj News

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनकारी गराएको छ । बस सडकबाट दुई सय मिटर तल खसेकोकोले बस क्षतविक्षत अवस्थामा रहेको प्रहरीले बताएको छ ।

३९ जना सवार उक्त गाडिमा घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लाने काम भइरहेको बताइएको छ । अहिले घाइतेको उद्धारका लागि हेलिकप्टर समेत बोलाइएको छ ।

उद्धारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएको बताइएको छ । उक्त घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न