बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’मा ऋतिक र रणवीर | Jana Aawaj News

बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’मा ऋतिक र रणवीर

पढ्न लाग्ने समयः < 1 मिनेट
बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’मा ऋतिक र रणवीर : Jana Aawaj News

काठमाडौं । बलिउडमा एक पछि अर्को उत्कृष्ट फिल्म बनिरहेको समयमा फेरि अर्को धमाकेदार फल्म बन्ने भएको छ । नितेश तिवारीद्धारा निर्देशित बलिउडकै सर्वाधिक महंगो फिल्म ‘रामायण’ बन्ने भएको छ ।

उक्त फिल्मको लागि दुई बलिउड स्टार ऋतिक रोशन र रणवीर कपुर अनुबन्धित भएसँगैंका ऋतिक र रणवीरले उक्त फिल्ममा अभिनय बापतको १ सय ५० करोड पारिश्रमिक बुझिसकेको बताइएको छ । जसमा ऋतिकले ७५ करोड पाउने भएका छन् भने, रणवीरले ७५ करोड पाउने भएका छन् ।

उनीहरुले तीन भागमा बन्ने यस फिल्मको पारिश्रमिक लिएका हुन् भने, तीन भागमा नै काम गर्न उनीहरुले ७५ करोड पारिश्रमिक बुझेको बतनइउको छ । बलिउड मिडियाका अनुसार ऋतिक र रणवीर दुबैले फिल्म सम्झौता समेत गरिसकेको बताइएको छ ।

उक्त फिल्म ‘रामायण’कै कथामा बन्ने भएकाले रणवीर ‘राम’ बन्नेका छन् भने ऋतिक रावण बन्ने भएका छन् । यी दुई कलाकारको जोडि र अभिनय हेर्नका लागि दर्शकहरु आतुर भैसकेका छन् ।

निर्माणपक्ष फिल्मा उपयुक्त रोलका लागि ‘सीता’को खोजीमा रहेका छन् । सीताको भूमिकामा करिना कपुर देखिने हल्ला चलेता पनि निर्माणपक्षले यसलाई आधिकारिक रुपमा जानकारी भने दिइसकेको छैन् ।

निर्माण हुन लागेको मधु मन्टेनाको उक्त फिल्मको कुल बजेट ७ सय ५० करोड अनुमान गरिएको बताईएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न