नेकपा एमाले सूर्यविनायकको वडा अधिवेशन सम्पन्न | Jana Aawaj News

नेकपा एमाले सूर्यविनायकको वडा अधिवेशन सम्पन्न

कुन वडामा कोको चुनिए (नामावलीसहित)

पढ्न लाग्ने समयः 4 मिनेट
नेकपा एमाले सूर्यविनायकको वडा अधिवेशन सम्पन्न : Jana Aawaj News

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको सुर्यबिनायक नगरपालिकाको १० वटै वडामा भव्य रुपमा वडा अधिवेशन उद्घाटन सम्पन्न गरि ८ वटा वडामा बन्द सत्र समेत सम्पन्न भएको छ । बन्द सत्रवाट  सूर्यविनायक नगरपालिकाको अधिकांश वडा अधिवेधनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

उक्त अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतित्यथा तथा वडा इन्चार्ज तथा पार्टी जिल्ला कमिटी सदस्य राजकुमार सिलवालको आतित्यथामा सम्पन्न भएको अधिवेशनमा सूर्यविनायक नगरपालिकाको १० वटा वडामा रहेको ३ नम्बर वडा संगठन कमिटी रामकृष्ण राउतको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उक्त वडामा उपाध्यक्षमा सारदा पन्त, सचिव शोभितराम रजौरा, उपसचिव रघुनाथ सिलवाल र निश्चल कार्की तथा सदस्यहरु रमेश श्रेष्ठ, राजेन्द्र भुजेल, ध्रुवकुमार खत्री, कुमार सुवेदी, कृष्णशरण सिलवाल, गोविन्द थापा, सकुन्तला राई, रेखा कार्की, सिवि थापा, सिमा निरौला, शोभा भट्टराई, सुनिता पोख्रेल, प्रेमबहादुर श्रेष्ठ, माधवकुमारी पोखरेल, चन्द्रमाया श्रेष्ठ, सवित्रा फुँयाल, यशोधा बराल, रसिला प्रधान, सुरज खनाल, अर्जुन अधिकारी, सन्तोष भण्डारी, रिता ज्ञवाली र सानुकाजी छुँ श्रेष्ठ चयन भएका छन् ।

यसैगरी नगरअधिवेधन प्रतिनिधिमा माधवकुमारी पोखरेल, रिता ज्ञवाली, सुनिता राउत भण्डारी, चन्द्रमाया श्रेष्ठ तथा रसिला श्रेष्ठ महिला प्रतिनिधि तथा खुल्ला तर्फ गोविन्दबहादुर थापा, सिवि थापा, राजेन्द्र भुजेल, कृष्णशरण सिलवाल तथा सानुकाजी छुँ श्रेष्ठ चयन भएका छन् ।

यस्तै ४ नं. वडा संगठन कमिटीमा भोला राउतको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । नवगठित वडा संगठन कमिटीमा उपाध्यक्ष सुमन न्यौपाने, सचिव कृष्णहरि खड्का, उपसचिव मैया श्रेष्ठ र राजन प्रजापति चयन भएका छन् ।

वडा संगठन कमिटीका सदस्यहरुमा प्रेमबहादुर तामाङ, विनोद खड्का, श्याम के.सी., ईश्वरी जंगम, भास्कर थापा, सुरेन्द्र न्यौपाने, उमेश रिसाल, विराट विष्ट, सलिना खड्का, अनिल खड्का, विकास खड्का, शर्मिला श्रेष्ठ, जानकी पूलामी, राममणि न्यौपाने, योगेश खड्का, विष्णुलाल श्रेष्ठ, केदारनाथ श्रेष्ठ शंकर, शान्ति विडारी, संगिता कटुवाल, भगवती सिवाकोटी, कपिल थापा, राजकुमार बस्नेत, विक्की साहु श्रेष्ठ र पम्फा परियार चयन भएका छन् ।

यस्तै ६ नं. वडामा सुधाम के सि को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ ।

यसैगरी ७ नं. वडामा नन्दु नगरकोटीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ ।

 

यसैगरीं ५ नं. वडामा सम्पन्न वडा अधिवेशनले सर्वसम्मत रुपमा मधु थापाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । निर्वाचित उपाध्यक्ष सुमन कसपाल सचिव इन्दीरा उपाध्याय, गोविन्द ओस्टी सहसचिव, दिपेश बिसुङके सहसचिव चयन भएका छन् ।

यस्तै सदस्यहरुमा थिरबहादुर कार्की, सत्यादेवी तिमिलिल्सना, अनिल तज, मायादेवी चवाल, कविता पोखरेल, राजकुमार मगराँती, भिमबहादुर भुज, अप्सरा थापा, बिदुर श्रेष्ठ, तारा दाहाल, भुपाल आचार्य, मधुकुमार बखुन्छे, लक्ष्मण ढुङ्गेल, सम्झना बिसुङके, सुमन राउत, सरिता थापा, सुरेश अछामी, लिलाबहादुर थापा, कल्पना सापकोटा, रत्ना थापा, उमा थपलिया, कल्पना ढुंगाना, कान्छा त्वायना, रत्नबहादुर थापा, मंगल गुमानजु र मिठुदेवी ढुङ्गेल रहेको ३१ सदस्य कमिटी चयन भएको वडा अध्यक्ष राजकुमार जोशीले जानकारी दिनुभएको छ ।

यस्तै वडा नं. ८ मा धर्मराज बस्नेतको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा हेमबहादुर सापकोटा, सचिवमा राजेश गिरी तथ सहसचिवमा विणा बस्नेत र हरिशचन्द्र थापा रहेका छन् ।

सदस्यहरुमा उर्मिला श्रेष्ठ त्वानाबासु, मिनाकुमारी श्रेष्ठ, खड्ग कुमारी बजगाईं, नविन कुमार थापा, अभिनाश तामाङ्ग, उर्मिला थापा, सानुभाई के.सी., हरिकेशव लामा, काजीमान तामाङ्ग, सन्त बहादुर तामाङ्ग, ऋषिराम थापा, बलबहादुर तामाङ्ग, शुभलक्ष्मी श्रेष्ठ, सुमन थापा, बिक्रम थापा, दिपेश श्रेष्ठ, चन्द्र भक्त मचामसी, राम बाला, राधिका सञ्जेल, संगीता सेजवाल, दावा तामाङ्ग, बिजय बस्नेत, अन्जना नेपाली, शान्ता वि.क., गंगाराम घेमोसु र अर्जुन थापा रहेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सचिव बासुदेव थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका जिल्ला सदस्य तथा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सपथ गराउनुभएको थियो ।

यसैगरी वडा नं ९ मा सम्पन्न वडा अधिवेशनबाट ज्ञानेन्द्र खत्रीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन भएका छन् । उपाध्यक्ष, सचिव र सहसचिवमा राजेन्द्र महत, हिरा सुकुभटु, सुमिन्ना खत्री र सुजन केसी चयन भएको वडा अध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभएको छ ।

यस्तै वडा नं. १० मा रामशरण गिरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन भएका छन् ।  नगर अधिवेशको लागि ३३ सदस्य प्रतिनिधि सर्वसम्मत चयन भएको सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवराम राउतले जानकारी दिनुभएको छ ।

यस्तै १ र २ नं वडाको जारी बन्द सत्रले कमिटी चयन गर्ने भएको छ । यहि कार्तिक ९ गते हुने नगर अधिबेशनमा प्रतिनिधि चयन भएका सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

+ posts