
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताका चाहना नै एमालेको चाहना भएकाले सोहि अनुसार अगाडि बढ्न आग्रह गर्नुभएको छ । मंगलबार पालिका अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले एकताबद्ध भइसकेकोे सन्देश जनतामाझ पुर्याउनु पर्ने बताउदै उहाँले विपक्षीले एमाले भित्र विवाद र झैझगडा चाहेको र आन्तरिक लोकतन्त्र बलियो बनाएर विरोधि चाहनामाथि चिसो पानी हामीले हाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा एमाले पार्टीमात्रै लागिरहेको बताउदै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै भएको समेत बताउनुभयो । अहिले सरकारले गरेका राम्रा काम जनतामाझमा जान नदिने नेताहरु लागि परेको जानकारी गराउँदै आन्तरिक रुपमा अनुशासनहीन र अराजक तत्वका कारण एमाले सरकारले गरेका काम जनताको बीचमा पुग्न नसकेको औल्याउनुभयो ।
एमालेलाई प्रतिपक्षी भूमिकामा पु¥याउन परमादेशको माध्यमबाट आन्तरिक तथा बाह्य तत्व मिलेको बताउदै व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । उहाँले सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै हाल बाढी, पहिरो, डुबानपीडितको सम्बोधन तत्काल गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 296046



