मौलिक भाषा संस्कृति कलामाथि अतिक्रमण भइरहेको छ ˸ उपराष्ट्रपति | Jana Aawaj News

मौलिक भाषा संस्कृति कलामाथि अतिक्रमण भइरहेको छ ˸ उपराष्ट्रपति

पढ्न लाग्ने समयः < 1 मिनेट
मौलिक भाषा संस्कृति कलामाथि अतिक्रमण भइरहेको छ ˸ उपराष्ट्रपति : Jana Aawaj News

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेको बताउदै हाम्रो कला संस्कृति र भाषा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १० औँ सम्मेलनको आज आयोजना गरिएको कार्यक्रममा मौलिक भाषा कला र संस्कृतिको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउनुभयो ।
कार्यक्रममा पुनले लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकास गर्नु राज्यको दायित्व हो, राज्यले उक्त दायित्वबाट पछि हट्न नमिल्ने भएकाले यस अभियानमा सबै लाग्न समेत आग्रह गर्नुभयो ।

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्वद्र्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रसंशा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गरेको जानकारी गराउनुभयो । आजको कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक समेत लोकार्पण गरिएको थियो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न