६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन | Jana Aawaj News

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

पढ्न लाग्ने समयः < 1 मिनेट
६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन : Jana Aawaj News

काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ देखि रोकिएको अनलाइन आवेदन सोमबारदेखि खुला गरिएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ छ ।

दैनिक ५ हजार कोटामा अनलाइन आवेदन खुलाएको जानकारी दिदै आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले जानकारी गराएको छ । देशभरबाट २१ कार्यालयको आआफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब पाँच हजार मात्र आवेदन संकलन गरिने जानकारी गराइएको छ ।

यसैगरी लाइसेन्सको लागि नयाँ आवेदन बन्द भए पनि ट्रायल परीक्षा भने सुचारु गरिदै आएको थियो । कोरोना महामारी अघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो भने, लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान रहेको विभागले जनाएको छ ।

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न