भक्तपुर नगरको ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न | Jana Aawaj News

भक्तपुर नगरको ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर नगरको ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न : Jana Aawaj News

राम चन्द्र प्रजापति
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको देशभर ७५३ नगर र गाउँ कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको क्रममा भक्तपुर नगर संगठन कमिटीको भक्तपुर क्षेत्र नंं. २ का संघीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

प्रमुख अतिथी बस्नेतले आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने केन्द्रीय महाधिवेशनमा ५ लाख जना सहभागी हुने जानकारि नगर अधिवेशनमा गर्नुभयो। पार्टीमा निरन्तर लागिरहनु पर्ने र पार्टीले उचित मुल्यांकन गर्ने बताउदै उदाहरणको रुपमा भक्तपुर नगरबाट बागमती प्रदेश सांसद भइ राज्यमन्त्री हुन सफल क. सरस्वती बाटीले पाउनु भएको अवसरले प्रष्ट रहेको र निरन्तर राजनीतिमा लागेकोले पार्टीले अवसर दिएको बताउनुभयो।

भक्तपुर नगरपालिका प्रत्यक्ष रुपमा नेमकिपाले शासन गरेको होला तर अप्रत्यक्ष रुपमा नेकपा एमालेले शासन गरेको हो, भनी बस्नेतले अधिवेशनमा बताउनुभयो। भक्तपुर नगरमा एमाले पार्टी शसक्त बनाउन आजका विशेष अतिथी नेकपा बागमती प्रदेश सदस्य तीन सुवालको महत्त्वपुर्ण भुमिका रहेको छ । कानुनी लडाइँ गर्न अधिवक्ता सानु सुवाल,सामाजिक कार्य गर्न समाजसेवी सहकारी अभियानता बाल मुकुन्द सुवाल र भक्तपुर अस्पताल बिकास समिति अध्यक्ष मिलन सुवाल रहेको नगरमा अझ एमाले पार्टीको झन्डा फहराउन सकिने बताउनुभयो।

भक्तपुर नगर संगठन कमिटी अध्यक्ष क. विष्णु सुवालको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेश सदस्य बाल मुकुन्द सुवाल, जिल्ला कमिटी सदस्य मदन देउला, नगर संगठन सचिव विश्वराज शिल्पकार लगाएतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो।

+ posts