
एजेन्सी । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको छ । यस्तै जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको हो ।
स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएको बताइएको छ ।
यस्तै बैठकमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत सम्मिलित जी सेभेन समूहका शीर्ष नेताहरूले भर्चुअल बैठकमा अफगान सुरक्षा मामिलालाई केन्द्रमा राखेर छलफल गरेको बीबीसीले जनाएको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा चलिरहेको उद्धारको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिएका छन् । बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उद्धार कार्य जारी राख्नुपर्नेमा जोड दिएका छन्
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj