काठमाडौं , भक्तपुर र ललितपुरका किसान सडकमा | Jana Aawaj News

काठमाडौं , भक्तपुर र ललितपुरका किसान सडकमा

किसानलाई सरकारले धानको क्षतिपुर्ती नदिए आन्दोनमा जाने

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौं , भक्तपुर र ललितपुरका किसान सडकमा : Jana Aawaj News

नारायण थापा

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका किसान यतिबेला खेतको काम छोडेर सडकमा उत्रिएका छन् । खेतमा रोपेको धानको बोटमा पोगटा मात्र फलेपछि सडकमा उत्रिन बाध्य भएका हुन् ।

काठमान्डौ, भक्तपुर र ललितपुरका कृषकहरू सरकारसँग राहत माग गर्दै माईतिघर मन्डलामा आफ्नो समस्या सरकारले समाधान नगरे किसान आन्दोलन तिब्र पारि मन्त्रालय घेर्ने समेत बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दँगाल, अखिल नेपाल किसान महासंघका केन्दीय सदस्य कृष्ण प्रसाद अधिकारी, भक्तपुरका कृषक अभियान्ता नारायण प्रसाद धिमाल, ललितपुरका रामहरी घिमिरे लगायतले किसानलाई सरकारले तिरस्कार गरेकोले अब किसान चुप नबस्ने बताउनुभयो ।
सरकारद्धारा सहुलियत दरको ऋण नपाएको बताउदैं कृषक पेन्सन संसदमा गफ गर्ने थलो मात्र भएको आरोप लगाएका छन् ।

कर्यक्रममा नि˸शुल्क कृषि तथा पशु बिमाको व्यवस्था गर, गुणस्तर बीउको सुनिश्चित गर भन्दै नाराबाची गरिएको थियो । सरकारले उपत्यकामा सिफारिस नभएको गुणस्तरहिन धानको बीउ आयातकर्ता र बेच्ने कम्पनिलाई कार्वाही गर, पागटा मात्र फलेको धानको क्षतिपुर्ति उत्पादन लागतको सतप्रतिशत राहत तत्काल दिनु पर्ने बताएका छन् ।

सरकारले किसानहरुको समस्यामा ध्यान नदिए थप आन्दोलनका कार्यक्रम अघि बढाएर मन्त्रालय घेर्ने समेत बताएका छन् ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न