नेकपा एमालेको १० औं महाधिवेशनमा विद्युतीय उपकरणको प्रयोग | Jana Aawaj News

नेकपा एमालेको १० औं महाधिवेशनमा विद्युतीय उपकरणको प्रयोग

तीन घण्टाभित्रमा नतिजा आउने

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेको १० औं महाधिवेशनमा विद्युतीय उपकरणको प्रयोग : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा विद्युतीय उपकरणको प्रयो हुने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोग हुने भएको छ भने, उक्त विद्युतीय उपकरणको प्रयोग गरि नयाँ पदाधिकारी चयन गर्ने बताइएको छ ।

१०औं महाधिवेशनको मूल आयोजक समितिले दिएको जानकारी अनुसार विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी भइरहेको साथै सबाट तीन घण्टाभित्रमा नतिजा समेत आउने बताएको छ । मतदानपछि प्रिन्ट गर्दा तीन घण्टा लाग्ने र क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँने सक्ने बताइएको छ ।

२२५ सदस्यीय रहेको पार्टीको केन्द्रिय समितिले विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको बताएको छ । उक्त महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने बताइएको छ भने, महाधिवेशनको उद्घघाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको बताइएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घघाटन सत्रमा सहभागी हुने पार्र्टीले जानकारी गराएको छ ।

पार्टीले दिएको जानकारी अनुसार सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था गरिएको बताइएको छ । बुटवलमा हुने कार्यक्रम अन्तिम समयमा सौराहामा सारिएको उक्त महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म आयोजना गरिएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न