चलचित्र ‘म राजेश हमाल’को छायांकन सकियो | Jana Aawaj News

चलचित्र ‘म राजेश हमाल’को छायांकन सकियो

पढ्न लाग्ने समयः < 1 मिनेट
चलचित्र ‘म राजेश हमाल’को छायांकन सकियो : Jana Aawaj News

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । उक्त चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माण पक्षले बताएको छ ।

यसैगरी चलचित्र ‘म राजेश हमाल’लाई जोन योञ्जनले निर्देशन गर्नुभएको छ भने, चलचित्रको सम्पूर्ण छायांकन भने धनगढीमा गरिएको बताइएको छ । यस्तै केदार भुषालको लगानीमा निर्माण उक्त चलचित्रमा राजेश हमाल एक सुपरस्टार मात्रै नभएर इमोसन पनि हो भन्ने कथामा चलचित्र निर्माण गरिएको निर्माता भुषालले जानकारी गराउनुभएको छ ।

चलचित्रमा अभिनित कलाकारहरुमा सञ्चिता लुईंटेल, मुकुन भुषाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा अभिनेता आर्यन सिग्देललाई अतिथि भूमिकामा देख्न सकिने भएको छ ।

यस्तै चलचित्रको नामलाई लिएर धेरैले यो चलचित्र राजेश हमालको बायोग्राफी भन्ने बुझेको भएता पनि यो राजेशको बायोग्राफी नभएको निर्माता भुषालले जानकारी गराएका छन् । जोन योञ्जनको कथा रहेको चलचित्रको पटकथा लेखनमा जोनसँग शायद कार्कीले सहकार्य गरेका छन् भने, आलोक शुक्लाको छायांकन रहेको चलचित्रको दृष्य सम्पादन भीम विश्वकर्माले गर्ने निर्माण पक्षले बताएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न