
काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । उक्त चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माण पक्षले बताएको छ ।
यसैगरी चलचित्र ‘म राजेश हमाल’लाई जोन योञ्जनले निर्देशन गर्नुभएको छ भने, चलचित्रको सम्पूर्ण छायांकन भने धनगढीमा गरिएको बताइएको छ । यस्तै केदार भुषालको लगानीमा निर्माण उक्त चलचित्रमा राजेश हमाल एक सुपरस्टार मात्रै नभएर इमोसन पनि हो भन्ने कथामा चलचित्र निर्माण गरिएको निर्माता भुषालले जानकारी गराउनुभएको छ ।
चलचित्रमा अभिनित कलाकारहरुमा सञ्चिता लुईंटेल, मुकुन भुषाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा अभिनेता आर्यन सिग्देललाई अतिथि भूमिकामा देख्न सकिने भएको छ ।
यस्तै चलचित्रको नामलाई लिएर धेरैले यो चलचित्र राजेश हमालको बायोग्राफी भन्ने बुझेको भएता पनि यो राजेशको बायोग्राफी नभएको निर्माता भुषालले जानकारी गराएका छन् । जोन योञ्जनको कथा रहेको चलचित्रको पटकथा लेखनमा जोनसँग शायद कार्कीले सहकार्य गरेका छन् भने, आलोक शुक्लाको छायांकन रहेको चलचित्रको दृष्य सम्पादन भीम विश्वकर्माले गर्ने निर्माण पक्षले बताएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



