नेपालले भ्रष्टाचारमा पून ३३ अंक प्राप्त गर्दै ११७ औं स्थानमा | Jana Aawaj News

नेपालले भ्रष्टाचारमा पून ३३ अंक प्राप्त गर्दै ११७ औं स्थानमा

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालले भ्रष्टाचारमा पून ३३ अंक प्राप्त गर्दै ११७ औं स्थानमा : Jana Aawaj News

काठमाडौं । नेपालले भ्रष्टचारमा ३३अंक प्राप्त गर्दै ११७ औं स्थान पाएको छ । विश्वभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल टिआईले आफ्नो वार्षिक रिपोर्टको निष्कर्ष सार्वजनिक गर्दै नेपाललाई भष्टाचार हुने मुलुकको ११७ औं स्थानमा आफ्नो नाम दर्ज गरेको छ ।

टीआइले सन् २०२० मा संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति नियालेको थियो । जसमा ३३ अंक हासिल गरेर नेपालले ११७ औं स्थान बनाएको छ । गत वर्ष पनि टीआइले संसारभरका १८० देशको भ्रष्टाचारको स्थिति निकालेको थियो । जसमा नेपाल अहिलेजस्तै ३३ अंक पाएर ११७ औं स्थानमा परेको थियो ।

भ्रष्टाचारको अवस्था हेर्न कुल १०० पूर्णाकं दिएर टीआइले अवस्था हेर्दै आएको छ । जुन मुलुकमा कम भ्रष्टाचार छ, त्यसलाई बढी अंक र बढी हुनेलाई कम अंक दिइन्छ । जसमा ३० भन्दा कम स्कोर आउनेलाई अति भ्रष्ट र त्यसभन्दा बढी ल्याउनेलाई भ्रष्ट मुलुकमा वर्गीकरण गरिएको छ ।
टीआइले देशहरूले पाएका अंकका आधारमा बढी ल्याउनेबाट क्रमशः कम अंक ल्याउनेको नम्बरिङ गर्ने गरेको छ । जसमा ३३ अंक ल्याएर नेपालले ११७ औं स्थान प्राप्त गरेको हो ।

टीआईको रिपोर्टअनुसार, डेनमार्कमा सबैभन्दा कम भ्रष्टाचार छ । उसले कुल १०० मा ८८ अंक पाएको छ । डेनमार्क सँगै फिनल्याण्ड र न्युजल्यान्डको पनि समान ८८ र ८८ अंक रहेको छ । तर यी मुलुकलाई र्याङ्किमा डेनमार्क भन्दा पछाडि राखिएको छ । यस्तै साउथ सुडान अति भ्रष्ट मुलुक बनेको छ । उसले ११ अंक बटुलेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न