चलचित्र ‘लभ सर्कल’को नयाँ गीत सार्वजनिक | Jana Aawaj News

चलचित्र ‘लभ सर्कल’को नयाँ गीत सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
चलचित्र ‘लभ सर्कल’को नयाँ गीत सार्वजनिक : Jana Aawaj News

काठमाडौं । चलचित्र ‘लभ सर्कलको नयाँ गीत सार्वजनिक गरिएको छ । प्रदर्शनीको मिति नजिकिँदै गर्दा यो चलचित्रको ‘ओ मैयाँ‘’ गीत रिलिज भएको हो । सार्वजनिक यस गीतमा अंकित बाबुको स्वर र संगीत तथा शब्द रहेको छ । स्वरमा अंकित बाबुलाई विद्या तिवारीले साथ दिएकी छन् भने शब्दमा अन्वेष थुलुङ राईले साथ दिएका छन् ।
निषेधाज्ञाका कारण सिनेमा हल नखुलेपछि डिजिटल प्लेटफर्म र डिस होम टिभीबाट यो चलचित्रलाई रिलिज गरिने भएको छ । हास्यप्रधान र सस्पेन्स थ्रिलर भनिएको यो चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका हुन् । चलचित्र मि टिभीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् ।
निषेधाज्ञाको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राविधिकहरूलाई पनि केही राहत होस् भन्ने उद्देश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो । चलचित्र ‘लभ सर्कल’मा लेखन अभिमन्यु निरवीको, छायांकन दिव्य सुवेदी, कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहिल खान तथा मिलन श्रेष्ठको रहेको बताइएको छ । यो चलचित्रलाई २९ साउनबाट डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शन गरिने भएको छ । यससँगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओमप्रकाश अग्रवालले जानकारी दिनुभयो ।
आज सार्वजनिक भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, मुकुन भुसाल, पवित्रा आचार्य र रिस्ता बस्नेतको अभिनय रहेको छ । चलचित्रमा यी चार कलाकारबाहेक रवीन्द्र झा र सुमन कोइरालाको समेत अभिनय छ भने, भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न