गठबन्धनको घरदैलो कार्यक्रम शुरु | Jana Aawaj News

गठबन्धनको घरदैलो कार्यक्रम शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
गठबन्धनको घरदैलो कार्यक्रम शुरु : Jana Aawaj News

भक्तपुर । यही बैशाख ३० गते सम्पन्न हुने निर्वाचन नजिकिए सँगसँगै  गठबन्धनको घरदैलो कार्यक्रम  सुरु गरेको छ ।

घरदैलो कार्यक्रममा सुर्यविनायक नगरपालिकाका उम्मेदवार मेयर निशान ढुंगेल, उपमेयर श्याम बस्नेत, वडा अध्यक्ष उम्मेदवार लछुराम न्यौपाने, खुल्ला सदस्यहरुमा महिला तर्फ चन्द्र कुमारी पोखरेल, सुजिता परियार र पुरुषतर्फ खुला सदस्यमा उज्वल राजथला, र दामोदर सुवेदी लगाएतको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

उम्मेदवारको नाम सार्वजनिक भएसँगसँगै  गठबन्धनले नगरपालिकाका उम्मेदवारहरु स्थानीय तहको निर्वाचनको प्रचारप्रसार र घरदैलोको अभियानमा लागेका हुन । सोमबार वडा नं. ७ गुण्डुमा घरदैलो कार्यक्रम गरिएको थियो भने, आज वडा नं. ४ दधिकोटमा गरिएको घरदैलो कार्यक्रममा उम्मेदवारहरुसँगसँगै स्थानीयबासीहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न