चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेलमा नेकपा एमालेको घरदैलो कार्यक्रम सुरु | Jana Aawaj News

चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेलमा नेकपा एमालेको घरदैलो कार्यक्रम सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेलमा नेकपा एमालेको घरदैलो कार्यक्रम सुरु : Jana Aawaj News

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ मा घरदैलो कार्यक्रम सुरु भएको छ ।

आजको घरदैलो कार्यक्रम वडा नम्बर ३ झौखेलको काल्लारेको डिलबाट सुरु भएको हो । आसन्न निर्वाचनको लागि निर्वतमान उपप्रमुख तथा प्रत्यासी नगरप्रमुख विना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी, नम्बर ३ का वडा अध्यक्षमा श्याम सुन्दर धिमाल खुल्ला सदस्य बिष्णु प्रसाद न्यौपाने, शिवराम सुलू टेक बहादुर लाखाजु, महिला सदस्य रमा थापा र दलित महिला सदस्य सुष्मा सुनार उम्मेद्वारी दर्ता गर्नुभएका छन् ।

कार्यक्रममा उम्मेद्वार सहित नगरप्रमुख सोम प्रसाद मिश्र, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालसहित स्थानीयको उल्लेख्य सहभागिता रहेको छ ।

+ posts