भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७ : १५ बजे पाँच तला माथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभएको छ ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारकै क्रममा ७ :३८ बजे उनको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 296048