
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले लमजुङ जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियोे । यसैगरी कम्पनीले गत भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर छुट्याएको थियो । यस्तै कम्पनीको आईपीओमा हालसम्ममा रू. ३८ करोड ६२ लाख ४४ हजार बरावरको आवेदन परेको बताइएको छ ।
कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३, ६, ७ र ८ का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयहरुका लागि १० लाख कित्ता छुट्याएको थियो ।
यता विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हालसम्ममा १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिइसकेका छन् ।
आज आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि मंगलवार बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका सबै शाखा कार्यलय, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन पाउनेछन् भने, संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यलय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्ने भएका छन् । विक्री प्रबन्धकमा भने, ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सोहि कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj