एन्टोइन ग्रिजमनले बार्सिलोना छाडेर, एट्लेटिको फर्किए | Jana Aawaj News

एन्टोइन ग्रिजमनले बार्सिलोना छाडेर, एट्लेटिको फर्किए

पढ्न लाग्ने समयः < 1 मिनेट
एन्टोइन ग्रिजमनले बार्सिलोना छाडेर, एट्लेटिको फर्किए : Jana Aawaj News

एजेन्सी । एन्टोइन ग्रिजमनले क्लबमा आर्थिक संकट आएपछि बार्सिलोना छाड्न बाध्य भएका छन् । दुई वर्षअघि मात्रै १०७ मिलियन पाउण्ड खर्चेर ल्याइएका उनी पुन एट्लेटिको मड्रिड फर्किनु परेको छ ।
यस्तै अब ग्रिजमनको सम्पूर्ण सुविधा एट्लेटिकोले ब्यहोर्ने भएको छ भने, एक वर्षपछि स्थायी बनाउने अनिवार्य सर्त समेत राखिएको छ ।
यो सिजनको ट्रान्सफर विन्डोमा बार्सिलोना छाड्ने ग्रिजमन ११ औं खेलाडी बनेका छन् । ट्रान्सफर डेडलाइन मंगलबाट मात्र बार्सिलोनाले ग्रिजमनसहित ३ खेलाडी बेच्न बाध्य भएको छ ।
क्लब अत्याधिक ऋणमा परेपछि उसले बोझ कम गर्नका लागि धेरै सुविधा पाउने खेलाडीहरुलाई बेच्न थालेको हो । फ्रान्सेली खेलाडी ग्रिजमनले सन् २०१९ मा बार्सिलोना जानुअघि एट्लेटिकोका लागि २ सय ५७ खेलमा १ सय ३३ गोल गर्न सफल भएका थिए ।
यसैगरी बार्सिलोनाका डिफेण्डर इमर्सन रोयल २५.८ मिलियन पाउण्डमा टोटनह्याम पुगेका छन् भने किशोर उमेरका मिडफिल्डर इलाइस्क मोरिबालाई आरबी लाइपजिगले १३.७ मिलियन पाउण्डमा खरिद गरिसकेको छ । लियोनल मेस्सीलगायतका खेलाडीहरुलाई उसले यसै सिजनमा विदा गरेको छ । २१ वर्षको लामो बार्सिलोना बसाई बसेर मेस्सी अघिल्लो महिना मात्र फ्रान्सेली क्लब पीएसजी प्रवेश गरेका थिए । क्लबका लागि सर्वाधिक गोलकर्ता मेस्सीलाई ला लिगाको वित्तीय र आर्थिक अनुशासन उल्लंघन हुने भएकाले निरन्तरता दिन नसकेको बार्सिलोनाले जानकारी गराएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न