‘बर्ड फोटोग्राफर अफ द इयर’ बने प्रिएटो वर्षकै उत्कृष्ट फोटो अमेरिका मेक्सिको सीमामा उभिएको चरा | Jana Aawaj News

‘बर्ड फोटोग्राफर अफ द इयर’ बने प्रिएटो वर्षकै उत्कृष्ट फोटो अमेरिका मेक्सिको सीमामा उभिएको चरा

पढ्न लाग्ने समयः < 1 मिनेट
‘बर्ड फोटोग्राफर अफ द इयर’ बने प्रिएटो वर्षकै उत्कृष्ट फोटो अमेरिका मेक्सिको सीमामा उभिएको चरा : Jana Aawaj News

एजेन्सी । बर्ड फोटोग्राफर अफ द इयर बने मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्न सफल भएका छन् । प्रिइटोलेयस वर्ष खिचेको अमेरिका मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उनलाई यो वर्षको विजेता बनाएका छ ।
यस्तै तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिएको फोटोमा देख्न सकिन्छ । फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताएका छन् ।

यस प्रतियोगितामा २२ हजार सहभागीहरुको तस्बिरमध्ये प्रिइटोको तस्बिर यस वर्ष २०२१ को उत्कृष्ट भएको बीबीसीले जनाएको हो । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको थियो । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री बनाउँदै आइरहेको छन् ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न