नेपालको वरियता खस्कियो टी २० वरीयतामा एक स्थान तल  | Jana Aawaj News

नेपालको वरियता खस्कियो टी २० वरीयतामा एक स्थान तल 

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालको वरियता खस्कियो टी २० वरीयतामा एक स्थान तल  : Jana Aawaj News

काठमाडौं । नेपाल आईसीसी टी २० वरीयतामा एक स्थान तल झरेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२ औं स्थानमा उक्लेपछि १२ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३ औं स्थानमा झरेको हो । अन्र्तरााष्ट्रिय क्रिकेट परिषद आईसीसी ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको छ ।
यसैगरी नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता भने ११ औं स्थान रहेको थियो । टी २० नयाँ वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ । यस्तै अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाव्वे ११ औं स्थानमा रहेको छ ।
अहिले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । यस्तै नेपाल ओडीआई वरीयतामा १६ औं स्थानमा रहेको छ भने, नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपालले, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने भएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न