राष्ट्रसंघद्धारा अफगानिस्तामा खाद्यान्न संकट हुन सक्ने चेतावनी | Jana Aawaj News

राष्ट्रसंघद्धारा अफगानिस्तामा खाद्यान्न संकट हुन सक्ने चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रसंघद्धारा अफगानिस्तामा खाद्यान्न संकट हुन सक्ने चेतावनी : Jana Aawaj News

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अबको महिनादिन भित्रै खाद्य संकट हुन सक्ने भन्दै चेतावनी दिएको छ ।
यस्तै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघका मानवीय संयोजक रामिज अलाक्बारोभले मानवीय दृष्टिकोणबाट अफगानिस्तानको अवस्था धेरै नै चिन्ताजनक हुँदै गइरहेको बताएका छन् ।
राष्ट्रसंघले त्यहाँका तीनमध्ये एकजना भोकै बस्नुपर्ने स्थिति आउने भन्दै चेतावनी दिईरहेको यो समयमा तालिबानले भने नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको छ ।
यस्तै अफगानिस्तानमा अहिले खाद्यान्नको मूल्य ५० प्रतिशत र पेट्रोलको मूल्यमा ७५ प्रतिशतले बढेको अलजजिराले जानकारी दिइसकेको छ । यस्तो अवस्थामा अधिकांश अन्तर्राष्ट्रिय सहायताहरू बन्द हुन थालेपछि सरकारी सेवाहरू समेत सञ्चालन हुन सकेको छैन् । त्यहाँका कर्मचारीहरूले आफ्नो तलब पाउन समेत असमर्थ भएको अवस्था सृजिएको बताइएको छ ।
यस्तै तालिवानले सत्ताकब्जा गरेको दुई साता बितिसक्दा पनि अझै नयाँ सरकार गठन गर्न भने सकिरहेको छैन् ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न