अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न | Jana Aawaj News

अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न

क्वाटर फाइनल खेल चैत २ देखि सुरु

पढ्न लाग्ने समयः 2 मिनेट
अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न : Jana Aawaj News

भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको
महिला कबड्डी प्रतियोगिताको अन्तर नगर महिला कबड्डी खेलको लिग चरणका खेलहरु सम्पन्न भएको छ ।

आज विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् ।


त्यस्तै सोही दिन भएको सिद्धिचरण नपा र कलैया उपमहानगरपालिकाबीचको खेलमा कलैयाले सिद्धिचरणलाई ६२–१८ ले पराजित गरेको छ । उक्त खेलमा कलैयाका जलशा चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।


किर्तिपुर नपा र पनौती नपाबीच भएको प्रतिस्पर्धामा पनौतीले किर्तिपुरलाई २६–
२४ ले पराजित गरेको छ । पनौतीका रश्मि थापा म्यान अफ द म्याच घोषित भएका
छन् । त्यस्तै कलैया उपमहानगरपालिका र पोखरा महानगरपालिकाबीच भएको खेलमा पोखराले कलैयालाई ५३–२० ले पराजित गरेको छ । यस खेलमा पोखरा
महानगरपालिकाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।
भिमदत्त नपा र पनौती नपाबीच भएको खेलमा भिमदत्तले पनौतिलाई ७३–१९
अंकको फराकिलो अन्तरले पराजित गरेको छ ।

यो संगै अन्तर नगर महिला कबड्डी खेलका लिग चरणका खेलहरु सम्पन्न भएको छ
। क्वाटर फाइनल चैत्र २ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । पहिलो खेल
भक्तपुर नपा र पोखरा महानगरपालिकाबीच हुने जनाइएको छ ।

 

 

+ posts
ताजा
1 सुनको मूल्य कति पुग्यो ?
2 महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
3 वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न