
ललितपुर । कोन्ज्योसोम वाङ्मय प्रतिष्ठानले गाउँपालिका स्तरीय खुला कविता प्रतियोगिता गर्ने भएको छ ।
कोन्ज्योसोम गाउँबासीहरुलाई आआफ्नो काव्य सिर्जना पठाइ प्रतियोगितामा सहभागि हुन आग्रह गरिएको छ । प्रतिष्ठानले सोमबार सूचना जारी गरी उक्त प्रतियोगितामा सहभागि हुन आग्रह गरेको हो ।

प्रतियोगितामा सहभागि हुनका लागि चैत २३ गतेभित्र कोन्ज्योसोम गाउँपालिकाको कार्यालय शिक्षा शाखामा लिखित वा सूचनामा तोकिएको इमले ठेगानामा सिर्जना पठाउन जारी सूचनामा उल्लेख गरिएको छ । खुला कविता प्रतियोगिता भएकाले कविताको शिर्षक कविको आफ्नै मौलिक हुनुपर्नेछ, कविता नेपाली भाषा वा आफ्नै मातृ भाषामा पनि लेख्न सकिनेछ, कविता गद्य वा पद्य बढीमा १५० शब्दसम्मको अप्रकाशित सिर्जना हुनुपर्नेछ, प्रतियोागितामा भाग लिनका लागि कोन्ज्योसोम गाउँपालिकामा स्थायी ठेगाना वा कार्यक्षेत्र भएको हुनुपर्नेछ, तोकिएको मितिभित्रै लिखित वा इमेल प्राप्त पठाउनुपर्नेछ, कतिवा सँगै कविको पूरा नाम ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका ठेगाना उल्लेख गर्नुपर्ने गरी कविता प्रतियोगिताका शर्त तोकिएकोछ ।
प्रतियोगितामा प्रथमः हुनेलाई छ हजार रुपियाँ, द्धितिय हुनेलाई चार हजार, तृतिय हुनेलाई दुई हजार र सान्तोना पुरस्कार दुई जनालाई एक/एक हजार रुपियाँ प्रदान गरिनेछ । कोन्ज्योसोम वाङ्मय प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले आगामी २०८१ वैशाखभित्र कविता निर्णय सार्वजनिक गरिने गरी तयारी गरिएको बताउनुभयो ।
प्रतिष्ठानले गाउँपालिकामा यस अगाडि पनि ल्होछार लगायतका कार्यक्रम गरेको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related







Total views : 395666




