नेकपा एमाले उदयपुरको नऔं जिल्ला अधिवेशन सम्पन्न | Jana Aawaj News

नेकपा एमाले उदयपुरको नऔं जिल्ला अधिवेशन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमाले उदयपुरको नऔं जिल्ला अधिवेशन सम्पन्न : Jana Aawaj News
तस्बिर : समाजिक संजाल

उदयपुर । नेकपा एमाले जिल्ला कमिटि उदयपुरको नऔं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
नऔं जिल्ला अधिवेशनबाट अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनमा निवर्तमान जिल्ला अध्यक्ष परमेश्वर घिमिरेलाई ११४ मतले पछिपार्दै राउत जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । राउतले ३४४ मत पाए भने उनका प्रतिद्वन्द्वी परमेश्वर घिमिरेले २३० मत ल्याएका हुन् ।

यसैगरी उपाध्यक्षमा एक मत बढी ल्याउँदै कालुमान लामा बिजयी भएका छन् । लामाले १९२ मत ल्याएर निर्वाचित भए भने, उनका निकटतम प्रतिद्धन्दी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेका निवर्तमान जिल्ला सचिव एवं चौदण्डीगढी नगरपालिकाका मेयर रहेका छन् ।

यस्तै सचिवमा आठ मत बढी पाउँदै टेक बहादुर राउत निर्वाचित भएका छन् । राउतले १९१ मत ल्याए भने, उनका निकटतम प्रतिद्धन्दी शम्भु पौडेलले १८३ र अर्का उम्मेदवार महेश रोकाले १४० मत प्राप्त गरे । त्यस्तै उपसचिवमा हेम खड्का निर्वाचित भएका छन् ।

खड्काले १९४ मत ल्याएर निर्वाचित हुँदा जीवनाथ दाहालले १०८ मत, मन्दिप राइले ९३, दुर्गानन्द चौधरीले ५३ र धर्मबहादुर तामाङले ४६ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् । राईले २६० मत पाउँदा कटरी नगरपालिकाकी उपमेयर गीता खड्काले १२५ र त्रियुुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले १४९ मत प्राप्त गरेकी छन् ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न