जोकोभिचलाई पराजित गर्दै यूएस ओपनमा मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि | Jana Aawaj News

जोकोभिचलाई पराजित गर्दै यूएस ओपनमा मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि

पढ्न लाग्ने समयः < 1 मिनेट
जोकोभिचलाई पराजित गर्दै यूएस ओपनमा मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि : Jana Aawaj News
यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ रसियाका ड्यानियल मेडभेडेभले आफ्नो करियरको पहिलो ग्रान्ड स्ल्याम उपाधि उचाल्दै ।

काठमाडौं । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ रसियाका ड्यानियल मेडभेडेभले विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै आफ्नो करियरको पहिलो ग्रान्ड स्ल्याम उपाधि जित्न सफल भएका छन् ।
न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आईतवार राती भएको खेलमा विश्व नम्बर २ मेडभेडेभले जोकोभिचलाई ६९४, ६९४ र ६९४ को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्ड स्ल्याम उपाधि उचालेका हुन् । खेलमा १६ एस प्राप्त गरेका मेडभेडेभले कुल ९९ अंक बनाएका थिए ।
यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम आफ्नो पक्षमा पारीसकेका जोकोभिच यूएस ओपन उपाधि जित्दै इतिहास रच्ने दाउमा रहेका जोकोभिचको क्यालेण्डर ग्रान्ड स्ल्याम उपाधि जित्ने सपना अधुरो भएको छ । उनी इतिहासमै पहिलो पटक २१ ग्रान्ड स्ल्याम उपाधि उचाल्ने खेलाडी बन्ने दाउमा रहेका थिए । जोकोभिच पछिल्लो पटक सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग भने पराजित भएका थिए ।

+ posts

 

 

ताजा
1 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
2 भक्तपुर नगरका मल्लकालका बहाःहरूको पदयात्राको श्रव्य-दृष्य प्रदर्शन
3 भक्तपुर नगरपालिकाको आ.व. २०८३-८४ का लागि बजेट सर्वसम्मतिबाट पारित
4 नेसनल प्याब्सन भक्तपुरको शिक्षक अभिमुखीकरण सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न