वागीश्वरी कलेजमा अन्तरक्रिया सप्पन्न  | Jana Aawaj News

वागीश्वरी कलेजमा अन्तरक्रिया सप्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजमा अन्तरक्रिया सप्पन्न  : Jana Aawaj News

भक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरु समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकता बमोजिम विभिन्न ९ वडा समूहले गरेको परियोजनाकार्यको प्रस्तुतिकरण निकै प्रशंसनीय भएको कुरा बताउनुभयो । मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षमा फरक फरक दंगले समदायमै अध्ययन गरेर विभिन्न शिविर, पदयात्रा, अध्ययन भ्रमण गरिराखेको पनि चर्चा गर्नुभयो ।

शिक्षकहरु मंगलेश्वर ध्वजू, अविना श्रेष्ठ र विद्यार्थी प्रनिता अधिकारीले बोल्नुभएको सो अन्तरक्रियामा डिजितल साक्षरता मार्फत युवा परिचालन कार्यक्रम, किशोरावस्था विद्यार्थीहरुमाझ महिनावारी सम्बन्धि स्वास्थ जनचेतना, व्यवस्थित तरिकाले पुराना कपडा वितरण, फोटोग्राफी साक्षरता सम्बन्धित कार्यक्रम, स्वस्थ स्वास्थका लागि पत्रु खाजा सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम, स्वस्थ जीवनका लागि हात धुने तरिका कार्यक्रम, स्वच्छ वातावरणका लागि सरसफाइ कार्यक्रम, युवामाझ साइबर अपराध सम्बन्धित जनचेतना, हात धुने संस्कार कार्यक्रम जस्ता लगायतका विषयमा विद्यार्थीहरुले समूहगत रुपमा आवश्यकता पहिचान, तयारी, गतिविधि, सिकाई र निष्कर्ष आदिबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा, समाजशास्त्र, सामाजिककार्य, ग्रामीण विकास, पत्रकारिता आदि विषयका स्नातक प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न