
भक्तपुर । आज चागुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरि दुई वर्षको अन्तरालमा गरेको विभिन्न कामको विषयमा जान्कारी दिनुभएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा अन्तर्गत आ.व २०८०र८१ का हालसम्ममा गरेको क्रियाकलाप निम्न छन् :
१. नगरभित्र खेलकुदको विकासका निम्ति खेलाडीको माग तथा आवश्यक्ता वमोजिम विभिन्न खेल क्लवहरुलाई निशुल्क खेल सामग्री वितरण गरिएको तथा नगरस्तरीय प्रतिभाको खोजी गर्दै नगरपालिकाको पहिचान बढाउन व्यापक रुपमा खेलकुदका गतिविधीहरु सन्चालन सम्पादन भएकी तथा चाँगुनारायण नगरपालिका भित्र वडागत विशुल्क यखेलकुद प्रशिक्षण कार्य भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० भव्यताका साथ सम्पादन गरेको छ ।
२. विद्यालयहरुमा समस्या पहिचान सहित पहिचान भएका समस्याहरुको निराकरणका लागि प्र।अ।रविषयगत शिक्षक बैठक परीक्षा समिती शिक्षा समिति लगायत विविध बैठक सञ्चालन सहित विद्यार्थीहरुमा रहेका अन्तर्निहित प्रतिभा प्रष्फुटनका निम्ति नगरस्तरीय चित्रकला निवन्ध लेखन वक्तृत्वकला हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरी विद्यार्थी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
३. बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण महित विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ भने प्रत्येक विद्यालयमा बालक्लव गठन र सोसँग सम्बन्धित गतिविधि संचालन गरि बालमैत्री कार्यक्रमहरु सम्पन्न गरेको छ ।
४. विद्यालय पहिलो चरणको उपचारात्मक अनुगमन सुपरिवेक्षण गरी प्रतिवेदन तयार भएको तथा दोश्रो चरणको अनुगमन सम्पन्न भएको छ भने प्रश्नपत्र निर्माण गरी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको प्रथम तथा दोस्रो परीक्षा, प्रि एस ई।ई। परीक्षा सम्पादन भई आधारभुत शिक्षा परीक्षा ९कक्षा ८० परीक्षा, वार्षिक परीक्षा तथा सिकाई उपलब्धी मापनका निम्ति ल्ब्क्ब् मोडेलको परीक्षा सञ्चालन तयारी अन्तिम चरणमा रहेको छ ।
५. बचत खाता छोरीको सुरक्षा जिवन भरीको कार्यक्रम कार्यान्वयनका निम्त विद्यालयहरुमा गई नयाँ छात्रा विद्यार्थीहरुको तथ्याङ संकलन कार्य सम्पन्न भएको। कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुको पढाई सीप विकासका लागि आवश्यक सन्दर्भ सामग्री तथा स्वअध्ययन सामग्री छपाई तथा वितरण कार्य सम्पन्न भएको छ।
६. विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रष्फुटनका निम्ति नगरस्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन ९वक्तृत्वकला, चित्रकला, निबन्ध, हाजिरीजवाफ नृत्य प्रतियोगिता० सम्पन्न भएको छ भने शिक्षकहरुको क्षमता विकासका निम्ति एकिकृत पाठ्यक्रममा आधारित कष्टमाईज्ड तालिम तथा चार दिने क्ष्भ्ःक्ष्क् तालिम सम्पन्न भएकोच छ ।
७. संघिय शसर्त कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति रकम निकासा, सामुदायिक विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान निकामा, प्रति विद्यार्थी लागतका आधारमा सिकाई सामग्री तथा डिजिटल सिकाई सामग्री व्यवस्थाका लागि विद्यालयलाई अनुदान निकासा सम्पन्न भएको छ भने तोकिएका विद्यार्थीको दिवा खाजाका लागि विद्यालयहरुमा रकम निकासा निरन्तर भईरहेको जानकारी गराईएको छ ।
योजना अनुगमन तथा फरफारक समितिले गर्ने काम कारवाही
नगरसभाबाट बिनियोजना भएको रु. ५ लाख भन्दा माथिका योजनाहरुको नगरपालिकाको अनुगमन समितिबाट अनुगमन गर्ने गरिएको छ ।
आ.व ०८०।०८१ मा रु. ५ लाख भन्दा माथि विनियोजित रकमको बैशाख मसान्त सम्ममा जम्मा १०७ वटा योजनाको अनुगमन गरि फरफारकको लागि सिफारिस गरिएको छ।
नगरपालिका भित्रमा सम्पन्न भएका योजनाहरुको एकै दिनमा बढिमा २१ वटा योजनाहरुको अनुगमन गरिएको छ।
उपभोक्ता समिति र ठेक्का मार्फत संचालन भएको योजनाहरु को निर्माण को चरणमा र योजनाको अन्तिम भक्तानी दिने चरणमा नियमित अनुगमन गर्ने गरिएको छ।
२०८०र०८१ आम्दानी विवरण अन्तर्गत :
१. कुल आम्दानी रु २१,५०,००,०००। (एक्काईस करोड पचास लाख रुपैया मात्र आम्दानी भएको छ ।
२. नगरपालिकाको अनुमति वेगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिदा जरिपाना स्वरुप एक पटकको लागि प्रतिआना रु. १५००० का दरले संकलन भएको रु. ४,००,००,००० चार करोड रुपैया मात्र आम्दानी भएको छ ।
३. जग्गा सम्याउने अनुमति वापत रु. ७०,००,००० सत्तरी लाख मात्र आम्दानी भएको छ ।
४. चाँगुनारायण मन्दीर पर्यटक प्रवेश शुल्क वापत रु ७५,००,००० पचहत्तर लाख रुपैया मात्र आम्दानी भएको छ ।
५.गाडी तथा डोजरको जरिवाना वापत रु २२,२४,९४० बाइस लाख चौबीस हजार नौ सय चालीस रुपैया मात्र०आम्दानी भएको छ ।
६। नगरपालिकाको स्वामित्वमा रहेका भवनको सटर भाडा वापत रु. १५००,००० पन्ध्र लाख रुपैया मात्र०आम्दानी भएको छ ।
७। जग्गा विकासको लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण लाई सिफारिस वापत रु १,३८,५०,००० एक करोड अठ्तीस लाख पचास हजार रुपैया मात्र० आम्दानी भएको छ ।
८.सिफारिस दस्तुर ५ करोड लक्षित गरेको ९ करोड उठाउन सहल भएको छ ।
श्री चाँगुनारायण नगरपालिका न्यायिक समिति अन्तर्गत :
यस आ.व. २०८०र०८१ मा जम्मा मुद्दा दर्ता स्
अगिल्लो आ.व. बाट अधिकार सरि आएको ३९ र यस आ।व। नयाँ दर्ता भएको ४४ वटा गरी जम्मा ८३ वटा निवेदनहरु दर्ता भएकी छन् ।
जम्मा मुद्दा फछ्यौट संख्या स्
मिलापत्र २४
निर्णय स् २१ निर्णय भएका निवेदनहरु मध्ये ५ वटा निवेदन उपर भक्तपुर जिल्ला अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ भने सो मध्ये १ वटा पुनरावेदन निवेदनमा यस न्यायिक समितिको निर्णय सदर भइ आएको छ र अन्य ४ वटा भक्तपुर जिल्ला अदालतमा कारवाही युक्त अवस्थामा छन् ।।
अदालत पठाएको ९
पक्षहरुले लामो समय सम्म तारेख छोडी उपस्थित नभएर डिसमिस भएको स् १४
जम्मा फछ्यौट संख्याः ६८
हाल कारवाही युक्त अवस्थामा स् १५ वटा
न्यायिक समितिले अन्य ठाडो निवेदनहरु उपर छलफल गरी मिलाएकोः
घरेलु हिंसा ३
जग्गा सिमानारलेनदेन आदि ७
जम्मा १० वटा
यस आ.व. मा १८ जना मेलमिलापकर्ताहरु सुचिकृत भइ नगर स्तरीय मेलमिलाप केन्द्रको संचालन भई रहेको छ ।
न्यायमा पहुच अभिवृद्धिका लागि संचालन भएको कार्यक्रमहरु अन्तर्गत :
१. वडा स्तरीय कानूनी सचेतना कार्यक्रम प्रत्यक वडामा संचालन भएको ४५० जना भन्दा बढी सहभागीता रहेको छ ।
२. जनप्रतिनिधिलाई कानून सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
३. नमुना युवा नगरसभा कार्यक्रम ९वडा भित्रका युवाहरुलाई नगरपालिकाको नगरसभा सचलान सम्बन्धी अभ्यास कार्यक्रम गराएको छ।
कृषि पर्यटन र सामाजिक पूर्वधार समृध्द चाँगुनारायणको मुल आधार भन्ने मुल नाराको साथ चाँगुनारायण नगरपालिका कृषि विकास शाखाको मासिक प्रगति बिबरण अन्तर्गत :
चाँगुनारायण नगरपालिकाको आ.ब.२०८०र०८१ को पहिलो चौमासिकमा सम्पन्न भएको कार्यक्रमहरुको विवरणहरु निम अनुसार छ्न :
१. नगरपालिकाबाट वितरण भएको धानको बिउमा रोग किराको प्रकोप देखा पर्दा राष्ट्रिय बालि बिज्ञान अनुसन्धान केन्द्रका बाली विशेषज्ञ बाट फिल्ड अनुगमन तथा निरिक्षण गरी वडा नं. १ देखि ९ सम्मका १०० जना कृषकलाई निःशुल्कमा बिषादी वितरण गरिएको छ।
२. उन्नत जातको ध्प्ज्ञद्दण्द्ध गहुँको बिउ ३५०० के.जि. वडा नं.१ देखि ९ सम्मका २०० जना कृषकहरुलाई ५०५ अनुदानमा बिउ वितरण गरिएको छ ।
३. उन्नत जातको तरकारी मिनिकिट १००० प्याकेट वडा नं.१ देखि ९ सम्मका १००० जना कृषकहरुलाई निःशुल्कमा वितरण गरिएको छ ।
४। सिपमुलक व्यवसायिक तरकारी खेती बाली सम्बन्धि १ दिने घुम्ती तालिम रोगरकिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि ६ वटा तालिम संचालन गरेको थियो । उक्त कार्यक्रम वडा नं. १,२,३,र ४ मा संचालन गरिएको थियो ।
भिडियो तलको लिन्कमा हेर्नुहोला:
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
