
भक्तपुर । बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउले टोपी र खादा ओढाई आज भनपा सभाकक्षमा स्वागत गर्नुभयो ।
भेटमा मन्त्री बज्रचार्यले सम्पदा निर्माण र संरक्षणमा पुर्खाको योगदान अतुलनीय रहेको चर्चा गर्नुहुदै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा खेतीयोग्य जमीनको अभाव हुदै गएको बताउनुहुदै उहाले सिमेन्टको आयु ५०६० वर्ष मात्र हुने भएकोले डण्डी सिमेन्टभन्दा माटो जोडाइको मौलिक शैलीको घर निर्माणमा जोड दिनु आवश्यक भएको बताउनुभयो । उहाले मन्त्रालयका प्राविधिकहरुलाई सम्पदा संरक्षणसम्बन्धी जनचेतना र मौलिक शैलीमा सम्पदा संरक्षण गर्ने सम्बन्धी सचेतना आवश्यक भएको बताउनुभयो ।
उपत्यका भित्रका पुनःनिर्मित सास्कृतिक सम्पदाहरुमध्ये धेरैजसो विदेशीहरुको सहयोगमा पुनःनिर्माण गरिएको चर्चा गनैुहुदै काठमाण्डौ उपत्यकामा खेतीयोग्य जमीन र किसानहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा भनपा प्रमुख प्रजापतिले विगत ७ वर्षको अवधिमा १५४ वटा सम्पदा पुनः निर्माण भैसकेको बताउनुहुदै सम्पदा पुनःनिर्माणमा ठेक्का प्रथा उचित नभएको र हाम्रो सम्पदा संरक्षण गर्न हामी आपैm सक्षम हुनुपर्ने बताउनुभयो । १२ करोड ८५ लाख लागत अनुमान थन्थु दरबार पुनःनिर्माणको कार्य हाल सूचारु रहेको बताउनुहुदै उहाले सम्पदा संरक्षणमा दीर्घकालीन सोच राखेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पुरानौ शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई मोहडामा लाग्ने काठ र ईटामा ३५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको बताउनुहुदै प्रमुख प्रजापतिले उपत्यकाका सास्कृतिक क्षेत्रहरुको संरक्षणको लागि उक्त ठाउका घरजग्गाहरु काठमाण्डौ बाहिरका व्यक्तिहरुले किन्न नपाउने व्यवस्थाको लागि कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, लुम्बीनी विकास बोर्डका अध्यक्ष राजेश शाक्य, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, पर्यटन शाखा प्रमुख गौतम प्रसाद लासीवा, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रजापतिले मन्त्री बज्राचार्यलाई भनपाका प्रकाशनहरु र भक्तपुरको प्रसिद्ध मयुर याल मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम पश्चात मन्त्री बज्राचार्यको टोलीले भनपाद्वारा पुनःनिर्माण गर्दै गरेको थन्थु दरबार, भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, तालाको क्षेत्रलगायतको अवलोकन गर्नुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344274












