
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान÷पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
भक्तपुर । दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री रेग्मीले प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई सम्मान गर्दै भन्नुभयो-‘प्रतिष्ठानले उचित पात्र चयन गरेर उचित पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानले कायम गर्दै आएको यस प्रतिष्ठापूर्ण कार्यको म सम्मान गर्दछु ।’
उक्त कार्यक्रममा गोरखाका रमेशचन्द्र देवकोटा र चितवनका डिआर पोखरेललाई दायित्व वाङ्मय विशिष्ट सम्मान तथा दोलखाका अमरकुमार प्रधान र नुवोकाटका वासुदेव गुरागाईंलाई दायित्व वाङ्मय सम्मान अर्पण गरिएको थियो ।
सोही अवसरमा प्रा. दिनेशराज पन्तलाई विद्वच्छिरोमणि हेमराज पुरस्कार, सिर्जनशील अपाङ्ग विद्यालय (नैकाप)लाई दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार, साहित्यकार रामेश्वरी पन्तलाई दायित्व सीता पन्त स्रष्टा पुरस्कार, प्रतिभाशाली नारी सृष्टि केसीलाई दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार र नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीलाई हरिकला–गुणाकर दायित्व रचना पुरस्कार अर्पण गरिएको थियो भने रामप्रसाद पन्तद्वारा लिखित ‘कोशीको सेरोफेरो’ (नियात्रासङ्ग्रह) र दायित्वको पूर्णाङ्क १४७ लोकार्पण गरिएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुले आआफ्ना धारणा र विचारहरु राख्नुभएको थियो भने सल्लाहकार कवि ठाकुर शर्मा भण्डारी र उपाध्यक्ष प्रा.डा. भागवत ढकालले पनि प्रतिष्ठानका गतिविधिबारे आफ्ना भावना व्यक्त गर्नुभएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344274












