गुण्डूको तीनधारेमा  मंगलबार दुर्घटनाः कटुञ्जेका एक युवकको मृत्यु, गुण्डूकी एक महिला घाइते | Jana Aawaj News

गुण्डूको तीनधारेमा  मंगलबार दुर्घटनाः कटुञ्जेका एक युवकको मृत्यु, गुण्डूकी एक महिला घाइते

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डूको तीनधारेमा  मंगलबार दुर्घटनाः कटुञ्जेका एक युवकको मृत्यु, गुण्डूकी एक महिला घाइते : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तीनधारेमा सुवर्णेश्वरबाट काठमाण्डौ वल्ड स्कुलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२२ प. १७४८ नं. को स्कुटी र बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२-०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बाग्मती प्रदेश ०२-०२२ प. १७४८ नं. को स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगरको मृत्यु भएको छ ।

दुर्घटनापछि गम्भीर घाईते भई तत्कालै उपचारको लागि भक्तपुर अस्तपाल लगिएकोमा उपचारकै क्रममा साझ ७ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । अर्का स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ गुण्डु मगर गाँउ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाईते भई मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै स्कुटी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १५ जनाद्वारा रक्तदान
2 राष्ट्रिय युवा संघ नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
4 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न