ठुलो परिमाणमा ६११ किलो गाँजासहित दुई भारतीय पक्राउ | Jana Aawaj News

ठुलो परिमाणमा ६११ किलो गाँजासहित दुई भारतीय पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
ठुलो परिमाणमा ६११ किलो गाँजासहित दुई भारतीय पक्राउ : Jana Aawaj News

काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दिवासले ठुलो परिमाणमा ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको छ ।
बर्दिवास नगरपालिका वडा नं.१ स्थित यामाहा मोटरसाइकलको सो?म अगाडिबाट बा.प्र.०३-००१ख-२८३२ नं. को नेपाली मिनि ट्रकबाट बिआर ३० जी ७०४३ नं.को भारतीय ट्रकमा पल्टि गर्दै गरेको अवस्थामा ४० पोकामा रहेको ६११ किलो तयारी गाँजा नियन्त्रणमा लिएको बताएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी रेवती रमण पोखरेलको कमाण्डमा खटेको टोलीले उक्त गाँजासहित भारतको मोतिहारी जिल्ला ग्राम पन्चायन कुरिया निवासी २५ वर्षीय गुड्डु कुमार यादव र सोहि जिल्लाको मधुरापुर बस्ने २९ वर्षीय मनिष कुमार गिरीलाई नियन्त्रणमा लिएको छ ।

गाँजा बोकेर आएको नेपाली नम्बरको मिनि ट्रकको चालक तथा अन्य सहयोगीको तत्काल फरार भएकोमा उनीहरुको खोजी प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न