परमेश्वरको मण्डलीका विद्यार्थीहरु ASEZ STAR द्वारा ललितपुरको गोदावरीमा वृक्षारोपण सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीका विद्यार्थीहरु ASEZ STAR द्वारा ललितपुरको गोदावरीमा वृक्षारोपण सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीका विद्यार्थीहरु ASEZ STAR द्वारा ललितपुरको गोदावरीमा वृक्षारोपण सम्पन्न : Jana Aawaj News

ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचारका विद्यार्थी स्वयंसेवक समुह ASEZ STAR ले ग्रिन वल्ड परियोजना अन्र्तगत ललितपुरको विष्णुखेल पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मण्डलीले जलवायु प्रकोप बढ्दैजाँदा जलवायु परिवर्तन विरुद्ध प्रतिक्रियाको महत्वमाथि जोड दिइँदैछ । यस्तो बेलामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विद्यार्थी स्वयंसेवक समूह ASEZ STAR ले ललितपुर गोदावरी नगरपालीका वडा नं. १४ बिष्णुखेल पार्कमा वृक्षारोपणको आयोजना गरेको हो ।


“कार्बनडाइ अक्साइड अवशोषण गर्न प्रभावकारी रहेको वृक्षारोपण गर्दा विश्वव्यापी तापमान वृद्धिलाई रोक्न र जलवायु परिवर्तनविरुद्ध लड्न मद्दत पु¥याउँछ । विद्यार्थीहरूले वातावरणलाई प्रेम गर्ने मनद्वारा आफ्नो हात अगि बढाएका छन् ।” बिहान ७ बजे देखि, ASEZ STAR का ३० जनाभन्दा बढी स्वयंसेवक सदस्यहरूले गोदावरीको विष्णुखेल पार्कमा ५० वटा बि?वाहरू रोपेका हुन् ।


गोदावरी नगरपालिकाको वन डिभिजन कार्यालयले विद्यार्थीहरूको स्वयंसेवा गतिविधिको स्वागत गर्दै बि?वाहरू उपलब्ध गराएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका १४ का वडा सदस्य लक्ष्मी नारायण श्रेष्ठ, बाबु राजा महर्जन, संगीता श्रेष्ठ आदीको उपस्थित रहेको थियोे ।
कार्यक्रममा लक्ष्मी नारायण श्रेष्ठले भन्नुभयो-“यहाँहरूको वृक्षा रोपण कार्यले अहिले भइरहेको बाडि पैरो जस्ता प्राकृतिक प्रकोपलाई पक्कै कम गर्नेछ ASEZ STAR लाई धन्यबाद” भन्दै विद्यार्थीहरूलाई प्रोत्साहन दिनुभयो ।


स्वयंसेवा कार्यमा सहभागी भएका विद्यार्थी रोसेलीन राइले खुशी हुँदै “आजको वृक्षारोपण कार्यक्रम चाहिँ ग्लोबल वामीङ र वातावरण संरक्षणको कार्य भएको बताउनुभयो ।” अर्का विद्यार्थी स्नेहा बिस्टले “यस्तो कार्य गोदावरी मण्डलीबाट पहिलो पटक भएकोले खुसि लागेको भन्दै आगामी दिनमा पनि वातावरण संरक्षणमा निरन्तर प्रयत्न गर्ने अठोट गर्नुभयो ।


ASEZ STAR भन्नाले ‘विद्यार्थीहरूले सु?देखि अन्त्यसम्म पृथ्वीलाई जोगाउन अहिले नै कार्य गर्छन् ‘(Save the Earth from A to Z, Students Take Action Right now)’ भन्ने अर्थ हो ‘STAR’ भन्नाले भविष्यको आशा, विद्यार्थीहरू ताराजस्तै चम्किने अस्तित्व हुनुका साथै भविष्यको नेतृत्व लिने नायक-नायिका हुन् भन्ने अर्थ हो ।

ASEZ STAR ले आफ्नो घर, विद्यालय, छरछिमेक र स्थानीय समुदायमा प्रेम, नम्रता, विचारशीलताको अभ्यास गरेको सेवाको लागि अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, पे?को राष्ट्रिय सभाबाट सम्मान पदक, कोरियाको सउल नगर परिषद्का अध्यक्षबाट प्रशंसा-पत्र इत्यादि प्राप्त गरेको छ ।
नेपालमा पनि ASEZ STAR ले अर्थपूर्ण गतिविधिहरू गरिरहेको छ । यसअघि उनीहरूले जूनमा गोदावरीस्थित चन्तल मौदी ऐकेडेमीमा र अप्रिलमा ‘ललितपुर परमेश्वरको मण्डली’ नजिकै वातावरण सरसफाइ गरेर वरिपरिको वातावरण सफा बनाएका थिए । गत वर्षमा चाहिँ उनीहरूले हेटौंडाको दिव्या निकेतन वृद्धाश्रमको भ्रमण गरेर ज्येष्ठ नागरिकहरूलाई भोजनले सत्कार गर्दै खुशी र हाँसोले भरिपूर्ण समय बिताका थिए ।
भावी पुस्तालाई विभिन्न तरिकाले समर्थन गर्दैआएको परमेश्वरको मण्डलीले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुर्ननिर्माण गरिदिनुका साथै शैक्षिक सामग्री पनि सहयोग गरेको थियो ।
त्यसपछि उनीहरूले दुप्चेश्वरको श्री कौकेश्वरी माध्यमिक विद्यालय, भक्तपुरको श्री आशापुरी आधारभूत विद्यालय, कोशी प्रदेश अठराईको श्री जनता आधारभूत विद्यालय, इटहरीको श्री सरस्वती माध्यमिक विद्यालय इत्यादिलाई १० थान शैक्षिक कम्प्यूटर, झोला, लुगा, पाठ्यसामग्री, सबै विद्यार्थीहरूलाई ७० जोर युनिफर्म, स्कूल बस अनुदान रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत विद्यार्थीहरूको भविष्यमा आशा जगाइदिने काम गर्दै आएको छ ।

+ posts