
भक्तपुर । आइतबार प्रतिनिधि सभाअन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजेका लागि अर्थ समितिको बैठक बोलाइएको छ भने, बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ ।
अर्को बैठक बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल, बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बोलाइएको छ । बैठकमा त्रिभुवन अन्र्तरााष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुने भएको छ ।

आज दिउँसो १ बजे भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल हुने भएको छ । १ बजे नै सार्वजनिक लेखा समितिको बैठक बस्ने छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 345197












