भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको साधारण सभा सम्पन्न | Jana Aawaj News

भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको साधारण सभा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको साधारण सभा सम्पन्न : Jana Aawaj News
oplus_16

भक्तपुर । भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सभामा भक्तपुरका स्थानीय एक सफल उद्यमी तथा सामाजिक अभियानमा समेत आफ्नो सक्रिय सहभागिता जनाउन सफल श्री सुरेन्द्र जाकीबन्जारले प्रमुख अतिथ्यता ग्रहण गर्नुभएको थियो भने त्यस संस्थाका संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

वचत तथा ऋण सहकारी, बहुउद्देश्य सहकारी, विभिन्न खालको इन्भेस्टमेन्ट कम्पनी, ट्रेडिङ कम्पनीहरूमा लामो सक्रिय भूमिका र अनुभव प्राप्त गरेका संस्थाका अध्यक्ष श्री साजन श्रेष्ठले सानो-सानो लगानी संकलन (Crowd funding concept) गरेर पनि केही उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ Vibes Management and Investment Company गठन भएको बताउनुभयो, हाललाई यसको मुख्य लगानी Nepa Share Market / Property Management मा रहेको र भविष्यमा च्भबभिकतबतभ लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने बताउनुभयो ।

हालको वर्तमान अवस्थामा विभिन्न फाइनेन्सियल इन्स्टिच्युसनहरूमा आर्थिक समस्या भएको कारण धेरै जस्तो सर्वसाधारणको बचत रकमहरू सहकारी संस्थाहरुले फिर्ता गर्न सकिरहेको छैन र धेरै जस्तो सानोतिन सहकारीहरू बन्द हुने अवस्थामा पुगिसकेका छन् । विभिन्न समूहहरू जस्तै आमा समूह, युवा समूह, गुठी जस्ता समूह गठन गरी सानातिनो रकम संकलन गरी सहकारीमा बचत गर्दै आएका समुहहरूले आफ्नो वचत फिर्ता पाउन नसक्दा समूहका सबै सदस्यहरु विचल्ली भएको अवस्था छ र सबै सदस्य अन्योलमा छन् ।
तसर्थ भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भविष्यमा गर्ने कामको योजन त्यसता समूह समूहमा गई आपmनो योजनाहरू प्रस्तुत गरी लगानी कर्ताहरुको लागि खुल्ला प्लटफर्म प्रस्तुत गर्ने कार्यनितिका साथ वर्तमान संचालक समिति अघि बढ्ने बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x