नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान महत्वपूर्ण छ : जीवन खत्री | Jana Aawaj News

नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान महत्वपूर्ण छ : जीवन खत्री

पढ्न लाग्ने समयः 2 मिनेट
नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान महत्वपूर्ण छ : जीवन खत्री : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान महत्वपूर्ण भएको बताउनुभयो । बिहिबार श्री युवा बचत तथा ऋण सहकारी संस्थाले वचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका-७, खरिपाटीमा आयोजना गरिएको सहकारीको २६ औं साधारणसभालाई सम्बोधनगर्दै नगरप्रमुख खत्रीले वचतकर्ताहरुले जम्मा गरेको रकमलाई विभिन्न शीर्षकमा ऋण परिचालन गरेर सहकारीले धेरै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोहोर्र्याएको खत्रीले बताउनुभयो ।

सहकारीको मुख्य उद्धेश्य आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनु नै रहने र श्री युवा सहकारी उक्त उद्धेश्य प्राप्तीमा सफल रहेको नगरप्रमुख खत्रीले बताउनुभयो । ‘सहकारीको मुख्य उद्धेश्य समुदायको आर्थिक उत्थान हो, कानुनी परिधिमा रहेर आर्थिक समृद्धितर्फ अग्रसर गराउने उद्धेश्यलाई श्री युवा सहकारीले कार्यान्वयनमा ल्याएको छ ।’, उहाँले भन्नुभयो।

कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको दाबी गर्नुभयो। समाज र आफ्ना वचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र भक्तपुर मात्र नभएर बागमती प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको उहाँले दाबी गर्नुभयो। सुरुदेखि नै हामी हरेक पक्षलाई सक्नेसम्मको वित्तिय टेवा दिनका लागि लागिपरेका छौं । हरेक क्रियाकलाप समाज र वचतकर्ताको हितमा नै गर्दै आएका छौं । स्थापनाको २५ औं वर्षमा आइपुग्दा हामी बागमती प्रदेशकै उत्कृष्ट समेत बन्न सफल भएका छौं ।’, अध्यक्ष बास्तोलाले भन्नुभयो ।

साधारणसभामा सहकारीका सचिव जयराम बास्तोलाले गत आर्थिक वर्षमा सहकारीमा २२ पटक सञ्चालक समितिको वैठक र ३ पटक लेखा सुपरिवेक्षण समितिको वैठक बसेको जानकारी गराउनुभयो । त्यस्तै, ऋण लगानी तथा असुली उप–समितिको १७ पटक, महिला उप-समितिको ३ जना, शिक्षा उप-समितिको ३ पटक र युवा तथा बालिबालिका उपसमितिको वैठक दुईपटक बसेको बास्तोलाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सहकारीले २ करोड ३४ लाख रुपैयाँ नाफा गरेको कोषध्यक्ष सुरेन्द्र मुनंकर्मीले जानकारी दिए । सहकारीले गत आर्थिक वर्षमा ऋण परिचालन मार्फत् १५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ र बचतको ब्याजमा १२ करोड २८ लाख रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको अन्तिम सम्ममा सहकारीको ऋण लगानी १ अर्ब १० करोड रुपैयाँ रहेको मुनंकर्मीले बताए । उक्त समयसम्म पुग्दा सहकारीले १ अर्ब १५ करोड रुपैयाँको कारोवार गरेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षमा १९ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको सहकारीले बताएकोछ ।

 

+ posts
ताजा
1 भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
2 भक्तपुर अस्पतालले आफ्नै जनशक्तिले पहिलो पटक आँखाको शल्यक्रिया सुरु गर्यो
3 परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ द्धारा ASEZ ग्लोबल समिट तथा विशेष कन्सर्ट सम्पन्न
4 चाँगुबासीको हितमा काम गरिरहेका छौं, तर प्रचारप्रसारको कमी भयो : नगरप्रमुख जीवन खत्री
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न