गाम्चा बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न(तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

गाम्चा बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न(तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 4 मिनेट
गाम्चा बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न(तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

भक्तपुर  । शनिबार गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज सूर्यविनायक नगरपालिका वडा नंं ४ गाम्चा चोक स्थित अरनिको उच्च माध्यमिक विद्यालयको प्राण्ङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो । ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियानका साथ शुरु भएको सहकारी संस्थाहरु मध्येमा जिल्लाको उत्कृष्ट गाम्चा बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । शेयर सदस्यको विश्वास र वित्तीय कारोवारका कारण हाल ३५ सय ५४ सदस्य संख्या रहेको सहकारीको शेयर पुँजी ३ करोड ७२ लाख ९० हजार पाँच सय रहेको छ भने १९ करोड ५७ लाख ९२ हजार एक सय ९० रुपैंया बचत तथा २८ करोड ५३ लाख ९२ हजार आठ सय ७८ रुपैंया ऋण लगानी गरिएको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय शेयरधनीहरुको रु २८ हजारको शेयरपुँजीमा शुरु भएको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले हाल करोडौंँको कारोवार गरिरहेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई आत्मनिर्भरको लागि स्वआर्जन, सामाजिक, सांस्कृतिक र आर्थिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हामीले सदस्यहरुलाई व्यापार व्यवसायमा लगानी गर्न सहयोग पुगोस भन्ने हेतुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट बाह्य ऋण लिई लगानी गरिरहेका छौं ।’ सहकारीको माध्यमबाट हुने खानेको रकमबाट हुँदा खाने सदस्यहरुलाई व्यापार, कृषि तथा उद्यमी बनाउने कार्यहरु गरिरहेको उल्लेख गर्दैै सहकारीलाई सदस्यहरुको साझा चौतारीको रुपमा विकास गरेको उल्लेख गर्नुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष रायमाझीले सदस्यको भावना अनुसार भावी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । सदस्यहरु नै सहकारीको मालिक भएकाले कार्यक्षेत्रभित्र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । ‘कमाउनु ठूलो कुरा हैन, बचत गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सहकारीमा पारदर्शिता र जवाफदेहिता हुनुपर्छ, लामो समयको बचतलाई प्राथमिकता दिनुपर्छ ।’

नेपाल बचत तथा ऋया सहकारी संस्थाको सञ्चालक मन्दिरा मिश्रले सहकारी नै जनताको सारथी भएको बताउनुभयो । समाज परिवर्तनको मेरुदण्ड नै सहकारी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सहकारी आफुले आफैलाई आश्रीत गर्ने तथा सुख–दुःखको साथी हो । तर केही अराजक व्यक्तिका कारण सहकारीमा समस्या आएको छ । ८७ अरवभन्दा बढी सहकारीको रकम ठगी भएको संसदीय समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । तसर्थः सञ्चालक समितिले सहकारी सञ्चालनमा विशेष ध्यान दिनुपर्छ । शेयरधनी वा सदस्यले खवरदारी गरिरहनुपर्छ ।’


संस्थाका सचिव विदुर खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका सञ्चालक सदस्य ध्रुबराज विष्ट, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ४ का वडाध्यक्ष लक्षुराम न्यौपाने, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, सूर्यविनायक नगरपालिका सहकारी शाखाका कर्मचारी राजेन्द्र कुमार श्रेष्ठ, रिद्धिसिद्धी साकोसका अध्यक्ष नातीकाजी बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विभिन्न विधामा सम्मान

साधारण सभाले जेष्ठ सदस्य चन्द्रबहादुर श्रेष्ठ (पुरुष), विष्णुकुमारी प्रधानलाई सम्मान गरेको छ । त्यस्तै संस्थाका सदस्यहरुको परिवारबाट सर्वोत्कृष्ट अंक ल्याई सी परीक्षा पास गर्ने आर्जन कस्पाल, तपस्वीया प्रजापति तथा रिदिमा थापा सम्मान गरेको छ । त्यस्तै अरनिको माध्यमिक विद्यालयलाई छात्रवृद्धिको लागि रु १५ हजार प्रदान गरिएको छ । त्यस्तै संस्थाका शेयर सदस्य अष्ट्रेलिया निवासी विनोद खड्का तथा परिवारको तर्फबाट प्रदान गरिने छात्रवृद्धि बापतको रु ३० हजार ६ जनालाई दामासायी रुपमा प्रदान गरिएको छ । जसमा सुरेन्द्र भट्टराई, निसु गाईसी रोशना खुलीमुली, मुसरफ प्रवेज ओस्ता लगायतका रहनुभएको छ ।

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न