ईप्सन अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न | Jana Aawaj News

ईप्सन अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ईप्सन अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न : Jana Aawaj News

भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसल प्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ ।

ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान विमल मेमोरियल स्कुलले प्राप्त गर्न सफल भएका थिए । साथै आधारभूत तह तर्फ ईडेन गार्डेन स्कुल प्रथम, पारिजात विद्याकुन्ज द्धितीय, ग्लोबल एकेडेमी तृतीय र मदरल्याण्ड स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

फुटसल प्रतियोगिताको पुरस्कार एवं समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकूद समिति भक्तपुरका अध्यक्ष राजु थापाले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रतियोगिताको माध्यमिक तह तर्फबाट उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलको रिसन भण्डारी, सर्वाधिक गोलकर्ता मदरल्याण्ड स्कुलकै जयराम बिसी, उत्कृष्ट गोलकिपर ग्लोबल स्कुलका पूर्णिम कार्की भएका थिए भने आधारभूत तह बाट उत्कृष्ट खेलाडि पारिजात विद्याकुन्जको विवेक श्रेष्ठ, सर्वाधिक गोलकर्ता पारिजात विद्याकुन्जको आशिस खड्का र उत्कृष्ट गोलकिपर ईडेन गार्डेनका विनय थापा भएको जानकारी कार्यक्रम संयोजक बिपिन गुमान्जूले बताउनुभयो ।
कार्यक्रममा ईप्सन अध्यक्ष जिबी खड्का, संस्थाका सचिव विजय कर्माचार्य लगाएतको उपस्थित थियो ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न