वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी रहने | Jana Aawaj News

वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी रहने

पढ्न लाग्ने समयः 2 मिनेट
वागीश्वरी महोत्सव प्रारम्भ, भोलि पनि जारी रहने : Jana Aawaj News

भक्तपुर । वागीश्वरी उत्सव, हाम्रो महोत्सव भन्ने नाराका साथ वागीश्वरी महोत्सव आजबाट सुरु भएको छ । महोत्सवका प्रमुख अतिथि वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्दै वागीश्वरी महोत्सव भक्तपुर महोत्सवको पूर्व तयारीको रुपमा आयोजना गरेको चर्चा गर्दै यस महोत्सवले विद्यार्थीको सिर्जना, प्रतिभा र उद्यमशीलताको प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष हामीले खाद्य महोत्व गरेका थियौं भने यसवर्ष थप वृहत्तर रुपमा मनाउने प्रयास गरेका छौं । यसको अनुभवबाट सिकेर आगामी दिन थप परिमार्जनका साथ निरन्तरता दिने प्रयास गर्नेछौं । यो महोत्सवको सफलताले हामीले थप ऊर्जा प्राप्त गर्नेछौं । यसको तयारीमा लागेका सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, आयोजक समितिका पदाधिकारीलाई व्यवस्थापन समितिको तर्फबाट धन्यवाद दिन्छु ।”
उहाँले भन्नुभयो, हाम्रो महोत्सव अविस्मरणीय बनोस् सबैले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गरौं, महोत्सव सफल पारौं ।’
वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले महोत्सवको सफलताको कामना गर्दै विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी उनीहरुलाई उद्यमशील, आत्मनिर्भर, व्यावहारिक बन्न उत्प्रेरित गर्ने उद्देश्यले वागीश्वरी महोत्सवको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
कलेज व्यवस्थापन समतिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले उद्घाटनको बेला बेलुन उडाउनुभएको थियो भने प्रमुख अतिथि सुनील प्रजापतिले रिबल काटेर महोत्सव स्थलमा प्रवेश गर्नुभएको थियो । अतिथि, विशेष अतिथिहरुलाई परम्परागत धा, धिमाय्, पोङा बाजा बजाई स्वागत गरिएको थियो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक अविना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्यमशीलता सम्बन्धी स्टार्टअप स्टल, खाद्य परिकार फुड स्टल, विज्ञान प्रविधि (रोवोटिक्स) स्टल, शैक्षिक, स्वास्थ्य, टेक्स, पुस्तक प्रदर्शनी, मनोरञ्जन लगायतका ५८ वटा स्टलहरुको व्यवस्था गरिएको छ ।
महोत्सव भोलि मङ्सिर २५ गते पनि बिहान १० बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । अवलोकनकर्ता प्रत्येक सय जनामा एक जनालाई गोलाप्रथाबाट ४५ जनालाई उपहार प्रदान गरिएको थियो ।
आज बागमती प्रदेश सभाका सदस्यद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूसहित विद्यार्थी निकेतन मा.वि., पारागन, समाज सुधार, ब्रह्मायणी आ.वि., आदर्श आजाद मा.वि., पञ्चकन्या मावि, सरस्वती विद्यागृह मा.वि, बासु मावि, एसओएस काभ्रे, ख्वप पोलिटेक्निक नर्सिङ, मोर्डन ई. स्कुल, मेधा मावि, गणेश मा.वि. सिपाडोललगायतका छिमेकी विद्यालयका शिक्षक विद्यार्थीहरु महोत्सव अवलोकन गरेको बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न