
जन आवाज न्युज/ भक्तपुर चैत्र ७ । चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउन गइरहेको सन्दर्भमा पत्रकार सम्मेन सम्पन्न भएको छ ।
कमलविनायक केभी लजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जीवन खत्रीले पत्रकार सम्मेलको विसयमा प्रकाश पार्नुभएको थियो । प्रवक्ता खत्रीले नगरकाेट भ्रमण बर्षकाे अवसरमा धार्मिक पर्यटन बृद्दि गर्ने तथा चाँगुनारायण नगरपालिका वडा नं ८ मा निर्माणाधीन १०८ फिट अग्लाे शिव मुर्ति निर्माण सम्पन्न गर्ने उद्देश्यले आयाेजना गर्न लागिएकाे शिव पुराणमा सम्पुर्ण खर्च मुल समारोह समितिले गर्ने र शिव पुराणबाट भएको आम्दानी सबै १०८ फिट अग्लाे शिव मुर्ति निर्माणमा खर्च गरिने स्पष्ट पार्नुभयो ।


नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा धार्मिक पर्यटनलाइ संगसंगै लैजाने उद्देश्य अनुरुप नगरकोट भ्यू टावरबाट नजिकै रहेको, पर्यटकहरुको चाप रहिरहने बोजिनी ड्याम नजिकै रहेको तथा काठमाण्डौ उपत्यका लगायत नाल बनेपा धुलिखेल सम्मको दृश्य अवलोकन गर्न सकिने उच्च स्थानमा रहेको प्रसिद्द कलमसी क्षेत्रमा अवस्थित १०८ फिट कल्पेश्वर महादेव निर्माणाधिन स्थल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका वडा नं १ को संगम स्थल कलमसी कालिका कल्पेश्वर धाम भक्तपुर जिल्लाको उत्तर पुर्वी स्थानमा रहेको एक धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ ।
उक्त स्थानमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइ कुण्ड, २७ धारा, नारायण कुण्ड लगायतका धार्मिक संरचनाहरु रहेका छन् । उक्त क्षेत्रको वरीपरि रहेका धार्मिक महत्वका क्षेत्रहरुमा पुर्वमा पुण्यवती नदि, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, बाल्मिकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठ स्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रत्नचुडेश्वर महादेव विराजमान रहेका छन् । परापूर्व कालमा सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो रडको बाघ राती कल्पेश्वर महादेव रहेको स्थानमा रहेको स्थान हुदै गणेश ढुङ्गा सम्म ओहोरदोहोर गर्ने गरेको किंबदन्ती रहेको छ । त्यसै गरी उक्त स्थानमा अक्क्ष्य श्री महाराज १०८ ले समेत बिभिन्न कार्यक्रम गरी तपस्याका साथ शक्ति प्राप्त गर्नुभएको र शिवतान्त्रिक गुरु बुद्दिकुमार खङ्गीले तान्त्रिक विधिबाट हेर्दा यस पुण्य भूमिमा धार्मिक शक्ति रहेकोले उक्त स्थानमा १०८ फिट कल्पेश्चर महादेवको मुर्ति स्थापना गर्ने सोचका साथ स्थानिय समुदाय एवं सरकारी निकायहरुको सहकार्यमा अगाडी बढाउनु भएको काम हालको अबस्थासम्म आइपुग्दा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइ कुण्ड, २७ धारा, नारायण कुण्ड लगायतका धार्मिक संरचनाहरु निर्माण भइसकेका छन् । हालको अबस्थामा कल्पेश्वर महादेबको मुर्ती निर्माणाधिन नै रहेकोले उक्त मुर्ति निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको मिति २०८१ /११/०३ गतेको बैठकको निर्णय अनुसार शिव पुराण लगाउने र उक्त कार्यको संयोजकको रुपमा चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्ष जनक खत्रीलाई कार्यक्रमको संयोजकको रुपमा जिम्मेवारी दिइएको छ ।
विभिन्न चरणमा विभिन्न सरोकारवालहरुसंग बैठक बसि पहिलो चरणमा ३३ सदस्य मुल समारोह समित निर्माण गरी विभिन्न उपसमितिहरु समेत निर्माण गरी १०८ फिट अग्लो महादेबको मुर्ति निर्माण गर्ने पवित्र उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष २०८२ को अबसरमा मिति २०८२/०१/०२ देखि १३ गते सम्म शिव पुराण संचालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344186












